Sunday 26th October 2025

नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा चालकदलका सदस्य सहित ७ जनाको मृत्यु


तीतोपाटी – नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ ।

यसअघि उड्डयनमन्त्री हदी सिरिकाले विमान दुर्घटनामा परेको पुष्टि गरेका थिए तर उनले पनि विमानमा यात्रारत व्यक्तिको विवरण भने उल्लेख गरेका थिएनन् । सैनिक विमान किङ एयर–३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

उड्डयनमन्त्री सिरिकाले इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनामा परेको जनाए । दुर्घटनास्थल राजधानी अबुजाबाट १ सय १० किलोमिटर टाढा पर्छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

प्रतिकृयाहरू
...