Saturday 5th July 2025

कुवेत आउन ९ हजार ५ सय घरेलु कामदारहरूले बालस्लामामा नाम दर्ता गराए


तितोपाटी- घरेलु कामदारको रूपमा कुवेत आउनको लागी जनवरी महिनाको अन्तिमसम्म नाम दर्ता गर्नेको संख्या ९ हजार ५ सय भन्दा बढी पुगेको छ।

कुवेत सरकरद्वारा संचालित बालस्लामामा कुवेत आउन इच्छुक कामदारहरुले नाम दर्ता गराएको र धेरै देशका घरेलु कामदारहरुको नाम दर्ता गराउने क्रम जारी रहेको अल कबास दैनिकले जनाएको छ।

राष्ट्रिय उड्डयन सेवा (एनएएस) का महा निर्देशक मन्सूर अल-खुजैमका अनुसार सरकारको अनुरोधमा सम्पन्न गरिएको उक्त सुरक्षा परियोजनाले ठूलो सफलता हासिल गरेको बताउदै  ८० हजार घरेलु कामदारहरूले कुवेत आउनका लागी फाइदा लिन सक्ने बताउनुको साथै फाइदा लिने मध्येका आधिकांस भारतीय, फिलिपिन्स, बंगलादेशका नागरिकहरू रहेको बताए ।

सोही सुरक्षा प्लेटफर्मले प्रायोजकलाई घरेलु कामदार कुवेत फिर्तीको लागि अनुरोध प्रविष्ट गर्न र बुझाउन अनुमति दिइने र आवश्यक प्रक्रिया पूरा गरेपछि कामदारको स्वास्थ्य जाँच पीसीआर प्रत्येक श्रमिकले ३ पटक गरिनु पर्ने छ। जसमध्य पहिलो मान्यताप्राप्त प्रयोगशालाहरूको माध्यमबाट प्रस्थानको पहिलो देशमा, दोस्रो कुवेत एयरपोर्टमा आइपुग्दा र तेस्रो संस्थागत क्वारेन्टाइनको अबधि सकिए पछि पीसीआर परिक्षण गर्नु पर्नेछ ।


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...