Friday 25th September 2026

भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु


तीतोपाटी – भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । बसमा ५४ जना यात्रु रहेको र नहरमा खसेका सात जना यात्रुहरु भने पौडेर बाँच्न सफल सफल भएका छन् । सो दुर्घटना सडक जाम भएको कारण चालकले बाटो बदलेर जान खोज्दा भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो । सडकमा साइड लगाउने क्रममा पुलबाट तल नहरमा खसेको बताइएको छ ।

दुर्घटनाको खबरसँगै राज्य सरकारले मंगलबारका लागि निर्धारित सबै महत्वपूर्ण कार्यक्रमहरु रद्द गरेको थियो भने दुर्घटना पश्चात मृतकका परिवारलाइ जनही ५ लाख दिने निर्णय गरेको छ । त्यस्तै केन्द्रिय सरकारले राष्ट्रिय राहतकोषबाट मृतकका परिवारलाइ २ लाख र घाइतेलाइ ५० हजार दिने निर्णय गरेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...