Thursday 24th September 2026

पत्रकार आपतकालीन अक्षयकोषका लागि कुवेत महासंघद्वारा आर्थिक सहयोग


तितोपाटी डटकम- नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैया बराबरको पत्रकार आपतकालीन अक्षय कोषका लागि कुवेत शाखाले सहयोग हस्तान्तरण गरेको छ।नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले उक्त अक्षयकोषका लागि नेपाली रुपैंया १,११,१११(एक लाख एघार हजार एक सय एघार )हस्तान्तरण गरेको हो।

फेब्रुअरी ८,२०२१का दिन नेपाल पत्रकार महासंघ अध्यक्ष गोबिन्द आचार्यको उपस्थितिमा प्रवासी नेपाली पत्रकार संजालका सचिव तथा नेपाल प्रतिनिधि दामोदर नेपालले उक्त रकम केन्द्रका लेखापाल भुबन कार्किलाई हस्तान्तरण गरेका थिए।उक्त अबसरमा केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महसंघ कतारका पूर्ब अध्यक्ष गणेश प्रसाद बन्जाडे, सदस्य महेश्वर नेपाल लगाएतको उपस्थिती थियो।
नेपाल पत्रकार महासंघले स्थापना गर्न लागेको यो पत्रकार आलतकालीन अक्षयकोषबाट आर्थिक रुपमा समस्यामा परि उपचार गर्न नसकेका लगाएत आपतकालीन रुपमा पर्ने गरेका पत्रकार वा उनिहरुको परिवारलाई सहयोग गरिने छ।

केन्द्रको यो पत्रकार आपतकालीन कोषका लागि महसंघ यूकेले २० लाख नेपाली रुपैया सहयोग गरि सकेको छ भने अन्य वैदेशिक शाखा तथा नेपालका विभिन्न जिल्ला शाखाहरुबाट सहयोग आउने क्रम जारी छ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...