Thursday 29th October 2026

१० वर्षदेखी साउदीमा बन्धक बनाइएकी नेपाली चेलीको उद्धार


तितोपाटी- साउदीमा बिगत १० वर्षदेखि बन्दी जीवन बिताइरहेकी नेपाली चेलीको उद्धार भएको छ ।

प्रवासी समाज तथा साउदी अरेबीयास्थित नेपाली दूतावासको समन्वयमा मंगलबार पीडित महिलाको निवास अलसग्रा क्षेत्रबाट उद्धार गरि दूतावासको सेल्टरमा राखिएको छ ।

पाल्पाको छहरा–४ घर भएकी सम्झना थापा मगर दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको नयाँ दिल्ली हुदैँ साउदीको राजधानी रियाद भन्दा ३ सय किलोमिटर टाढा पुगेकी थिइन् ।

पीडितलाई ललिता गुरुङ नाम गरेको राहदानी बनाएर त्यहाँ पुर्‍याइएको हो । साउदी नागरिकको घरमा १० वर्षदेखि काम गर्दै आएकी उनलाई घरपरिवार, आफन्त कसैसंग पनि सम्पर्क गर्न दिइएको थिएन ।

कैदीबन्दी झैँ जीवन विताएकी मगरले २ महिनाअघि नेपाली प्रवासी समाजको फेसबुक पेजमा सम्पर्क गरेकी थिइन् ।

लगत्तै समाजको साउदी अरेबिया अध्यक्ष शालिकराम पाण्डेले रियादस्थित नेपाली दूतावासमा सम्पर्क गरि ती महिलाको उद्धार प्रकिया थालेका थिए ।

अब साउदीको कानूनी प्रक्रिया पूरा गरि पीडितलाई चाँडै स्वदेश फर्काइने समाजले जनाएको छ । केहि महिनाअघि साउदीको ताबुकमा ११ वर्षदेखि बिना तलब काम लगाएर बन्धक बनाईएकी लीलामाया धिमालको पनि समाजले उद्धार गरेको थियो ।

– साभार काठमाण्डुपाटीबाट


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...