Friday 21st August 2026

१० वर्षदेखी साउदीमा बन्धक बनाइएकी नेपाली चेलीको उद्धार


तितोपाटी- साउदीमा बिगत १० वर्षदेखि बन्दी जीवन बिताइरहेकी नेपाली चेलीको उद्धार भएको छ ।

प्रवासी समाज तथा साउदी अरेबीयास्थित नेपाली दूतावासको समन्वयमा मंगलबार पीडित महिलाको निवास अलसग्रा क्षेत्रबाट उद्धार गरि दूतावासको सेल्टरमा राखिएको छ ।

पाल्पाको छहरा–४ घर भएकी सम्झना थापा मगर दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको नयाँ दिल्ली हुदैँ साउदीको राजधानी रियाद भन्दा ३ सय किलोमिटर टाढा पुगेकी थिइन् ।

पीडितलाई ललिता गुरुङ नाम गरेको राहदानी बनाएर त्यहाँ पुर्‍याइएको हो । साउदी नागरिकको घरमा १० वर्षदेखि काम गर्दै आएकी उनलाई घरपरिवार, आफन्त कसैसंग पनि सम्पर्क गर्न दिइएको थिएन ।

कैदीबन्दी झैँ जीवन विताएकी मगरले २ महिनाअघि नेपाली प्रवासी समाजको फेसबुक पेजमा सम्पर्क गरेकी थिइन् ।

लगत्तै समाजको साउदी अरेबिया अध्यक्ष शालिकराम पाण्डेले रियादस्थित नेपाली दूतावासमा सम्पर्क गरि ती महिलाको उद्धार प्रकिया थालेका थिए ।

अब साउदीको कानूनी प्रक्रिया पूरा गरि पीडितलाई चाँडै स्वदेश फर्काइने समाजले जनाएको छ । केहि महिनाअघि साउदीको ताबुकमा ११ वर्षदेखि बिना तलब काम लगाएर बन्धक बनाईएकी लीलामाया धिमालको पनि समाजले उद्धार गरेको थियो ।

– साभार काठमाण्डुपाटीबाट


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...