Tuesday 23rd April 2024

अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहको पोल्टामा


चन्द्र गोतामे – कल्याणकारी नेपाली यूवा समाज कुवेतको आयोजकत्वमा अलमुल्ला एक्सचेञ्ज कुवेतको मुख्य प्रायोजनमा सम्पन्न अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहले हात पारेको छ ।

कुवेतको माबुल्ला स्थित भलिबल प्राङ्गणमा सम्पन्न भएको खेलमा साल्मिया समुहले नमस्ते नेपाली रेस्टुरेन्ट समुहलार्इ हराउँदै विजेता बनेको हो । भने नमस्ते नेपाली रेस्टुरेन्ट समुह उपविजेता बनेको छ । त्यसैगरी आयोजन समुह कल्याणकारी नेपाली यूवा समाजले तृतीय स्थान ओगटेको छ ।

त्यसैगरी विजेता समुहले कप, गोल्ड मेडल र नगद १०१ केडि पुरस्कार स्वरुप प्राप्त गरेका छन, भने उपविजेता नमस्ते नेपाली रेस्टुरेन्ट समुहले कप, सिल्भर मेडल र नगद ५१ केडि जितेका छन । त्यसैगरी तृतीय स्थान विजेताले कप सहित २५ केडि नगद प्राप्त गरेका छन ।

सयाैं नेपाली तथा विदेशी दर्शकहरुको उपस्थिति रहेको खेल मैदानमा ८ समुहले सहभागीता जनाएको थिए ।  प्रतियोगितामा अल मुल्लाका एक्सचेञ्ज कुवेतका म्यानेजर जोन सिमोन , असिस्टेन्ट मार्केटिङ म्यानेजर हुजेफा अब्बासि , कोडिनेटर भुवन सुवेदी लगायत कुवेतमा कृयाशिल सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रोयोजक अल मुल्लाले दर्शकहरुको लागि विभिन्न उपहारको समेत ब्यबस्था गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...