Tuesday 3rd November 2026

एनआरएनए कुवेतले जेलमा रहेका १ नेपाली सहित ५ नेपालीको उद्धार गर्यो


तितोपाटी- कुवेतमा अलपत्र अवस्थामा रहेका चार जना नेपाली सहित जेलमा रहेका एक नेपालीलाई एनआरएनए कुवेतले उद्धार गरेको छ ।

कोरोना महामारीका कारण कुवेतमा बेरोजगार बनी समस्यामा परी घर फर्कन हवाई टिकट काट्न नसक्ने अवस्थामा रहेका तनहु जिल्लाघर भएका–राजु सावंत, तेह्रथुम जिल्लाका भीम सिंग लिम्बु, मकवानपुर जिल्लाका– यादव दुंगना, र सिरहा जिल्लाका अजय कुमारमण्डल, सहित विविध कारणले गर्दा कुवेतको जेलमा रहेका झापा घर भएका तिलक बहादुर खड़का गरी पाँच जना नेपालीको उद्धारगरेको छ।

उक्त पिडितलाई कोरोनाको पिसिआर परिक्षण, हवाइ टिकट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पिडित पक्ष्यको घर सम्मको बसभाडाको समेत व्यवस्था गरी पठाइएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिएका छन।

त्यस्तै कुवेतको जेल भित्र फ़िर्ती केन्द्रमा रहेका खड़कालाई समेत सोही व्याबस्था गरी गत सोमवारका दिन नेपाल पठाएको केसीलेबताए। बैदेशिक रोजगारीका सिलसिलामा उक्त युवाहरु केही समय अगाडी विभिन्न कामदारका रुपमा कुवेत आएका थिए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् ।
कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए । नेपाल जानकोलागि हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समसया परेका लगायतलाई सहयोग गरि काठमाण्डौ बिमान स्थलदेखि घरसम्मपुग्ने खर्च समेत व्यवस्था गरिने केसीले  बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राजनीतिक टिप्पणीकार टकर कार्लसनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही दिनभित्रै इरानमाथि परमाणु आक्रमण गर्न सक्ने दाबी गरेका छन्। उनले…

ओरोमिया क्षेत्रमा घरघरमा पसेर गोली र चक्कु प्रहार; २० भन्दा बढी घरमा आगजनी, सामूहिक चिहानमा ३३ शव भेटिएको प्रमाणित अदिस…

कतारको मध्यस्थतामा तीन दिनसम्म छलफल; सम्झौताको मस्यौदा सुझावका लागि विभिन्न पक्षलाई पठाइयो, अर्को चरणको वार्ता सम्भव दोहा, २ नोभेम्बर। इरान…

प्रतिकृयाहरू
...