Saturday 27th June 2026

संगीतकर्मी मिन गुरुङको सुन्तलाको फुल सार्वजानिक(भिडियो सहित)


तितोपाटी- संगीतकर्मी मिन  सुन्तलाको फुल नामक गीत सार्वजानिक भएको छ । गायिका विना भट्टराई र आफनै स्वरमा रहेको यो गीतलाई अहिलेका चर्चित युवा गीतकार एवं संगितकार दिपक शर्माले लेखेका हुन् । भिडियोको व्यवसायिक उत्पादन गरेका गुरुड संगीतकार र गीतकारको परिचयबाट चिनिन्छन् । दशकलामो संगीत यात्रामा रहेका गुरुड चर्चित नेपाल आइडल रियालिटी शोमा संलग्न संगीतकर्मी हुन् ।
सुन्तलाको फुल नामक उक्त गीतको भिडियोलाई पछिल्लो समय धेरैले मन पराएका निर्देशकद्धय लक्ष्मी बर्देवा र जिवन भट्टराईले गरेका छन् । गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्ट प्रालीबाट गत विहिबार सार्वजानिक भएको हो ।
अन्तर्रजातिय प्रेम कथासमेत समेटिएको गीतको भिडियोको सहनिर्देशन सागर दाहालले गरेका हुन् भने बुद्ध थापाको छायाँकन रहेको छ । गायक मिन  गुरुङ र निर्देशक लक्ष्मी बर्देवाको अभिनय रहेको उक्त भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । इनाक्षी इन्टरटेनमेन्ट प्रालीले सार्वजानिक गरेको सुन्तलाको गीतको भिडियो लक्ष्मी बर्देवाका वेजोड अभिनय हेर्न सकिन्छ भने उनलाई साथ दिएका मोडल मिन गुरुडको अभिनयलाई पनि दर्शकहरुले निकै मन पराएका छन् । गीतको लोकप्रियता सामाजिक सन्जालमा छाएका अडियो भिडियोहरुले पुष्टि गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...