Saturday 31st October 2026

फिल्म ‘द रेड जोन’ निर्माण हुने


फिल्म ‘द रेड जोन’ निर्माण हुने भएको छ । निर्माण युनिटले काठमाडौँको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरेको हो ।फिल्मका निर्माता खगेन्द्र सुवेदी, के एस काफ्ले हुन् भने  प्रस्तुतकर्ता रमेश बन गोसाई रहेका छन् । सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागि प्रेरणादायी सन्देश फिल्ममा समट्न लागेको प्रस्तुतकर्ता रमेशले बताए । उनले समाज परिवर्तनका लागि फिल्मले  विशेष महत्त्व राख्ने बताए ।

फिल्ममा किशोर खतिवडा, दीपक थापा, कमला नेपाली , हेमराज घर्ति, सिर्जना कार्की, नेत्र विष्ट, सुमन गौतम, खगेन्द्र सुवेदी, धर्मराज भण्डारी, वर्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ  ।

रामजी लामिछाने, राजन मर्हजन र नवराज सुवेदीको नृत्य , देव महर्जनको द्वन्द्व, सुजन विश्वकर्माको छायाँकन रहने फिल्ममा सुजन गौत्तमको कथा, यज्ञजंग विश्वकर्मा ( आयुष)को पटकथा तथा निर्देशक रहेको छ ।

शंकर अधिकारी घायल र सुन्दर पन्तको गीत र ज्ञानेन्द्र गिरीको संगीत रहने फिल्म छायाँकनमा लागि माघ २१ गतेबाट फ्लोरमा निस्कने भएको छ  ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

प्रतिकृयाहरू
...