Saturday 20th April 2024

ओमनमा एक नेपालीले गरे आत्महत्या


तितोपाटी- ओमनको सलाहमा धरानका ४५ वर्षीय रत्न कुमार बर्देवाले हिजो आइतबार दिन बिहान झुन्डिएर आफ्नै निवासमा आत्महत्या गरेका छन् ।

ओमनको अल्मराइ कम्पनीमा कार्यरत रन्जित आचार्यका अनुसार ड्यूटी जानका लागि युनिफर्म लगाएर तयार भएका बर्देवाले आत्म’हत्या गर्न अगाडि नोट पनि लेखेका छन् ।

उक्त सुसाइड नोटमा आफूले तिर्न बाँकी रहेको रकम र छोरीलाई मोबाइल किनिदिन चाहेको कुरा लेखेका छन् । घरको आर्थिक अवस्था राम्रो रहेको र उनी कार्यरत डेरी कम्पनीले दिने मासिक तलब भत्ता र अन्य सुविधा पनि राम्रो रहेको कुरा रन्जितले बताका छन् ।

लकडाउन पूर्व बिदामा नेपाल गएका बर्देवा निकै लामो समयसम्म लकडाउनले गर्दा नेपालमा नै बस्नु परेको र एम्बेसीको पहलमा केही महिना अघि मात्रै ओमन पुगेका थिए ।

२००७ बाट ओमनको अल्मराइ कम्पनीमा प्रबेश गरेका उनी १४ वर्षसम्म सोही कम्पनीमा कार्यरत थिए । रन्जितका अनुसार उनको परिवारमा श्रीमती, छोरा, बुहारी र एक १४ वर्षीय छोरी रहेका छन् । र, उनको श्रीमतिसँगको सम्बन्ध पनि अन्यन्त सुमधुर रहेको थियो ।

न्युज24नेपालबाट


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...