Monday 5th October 2026

ओमनमा एक नेपालीले गरे आत्महत्या


तितोपाटी- ओमनको सलाहमा धरानका ४५ वर्षीय रत्न कुमार बर्देवाले हिजो आइतबार दिन बिहान झुन्डिएर आफ्नै निवासमा आत्महत्या गरेका छन् ।

ओमनको अल्मराइ कम्पनीमा कार्यरत रन्जित आचार्यका अनुसार ड्यूटी जानका लागि युनिफर्म लगाएर तयार भएका बर्देवाले आत्म’हत्या गर्न अगाडि नोट पनि लेखेका छन् ।

उक्त सुसाइड नोटमा आफूले तिर्न बाँकी रहेको रकम र छोरीलाई मोबाइल किनिदिन चाहेको कुरा लेखेका छन् । घरको आर्थिक अवस्था राम्रो रहेको र उनी कार्यरत डेरी कम्पनीले दिने मासिक तलब भत्ता र अन्य सुविधा पनि राम्रो रहेको कुरा रन्जितले बताका छन् ।

लकडाउन पूर्व बिदामा नेपाल गएका बर्देवा निकै लामो समयसम्म लकडाउनले गर्दा नेपालमा नै बस्नु परेको र एम्बेसीको पहलमा केही महिना अघि मात्रै ओमन पुगेका थिए ।

२००७ बाट ओमनको अल्मराइ कम्पनीमा प्रबेश गरेका उनी १४ वर्षसम्म सोही कम्पनीमा कार्यरत थिए । रन्जितका अनुसार उनको परिवारमा श्रीमती, छोरा, बुहारी र एक १४ वर्षीय छोरी रहेका छन् । र, उनको श्रीमतिसँगको सम्बन्ध पनि अन्यन्त सुमधुर रहेको थियो ।

न्युज24नेपालबाट


सम्बन्धित शीर्षकहरु

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

फ्रान्समा विद्यालयको अवस्था सुधार र शिक्षक अभावको विरोधमा भइरहेको विद्यार्थी प्रदर्शनका क्रममा १५ वर्षीय एक विद्यार्थी गम्भीर घाइते भएका छन्।…

प्रतिकृयाहरू
...