Thursday 29th October 2026

कुवेतमा कास्कीकी बुद्दीसीरीले गरिन आत्महत्या


हरी कृष्ण न्यौपाने-कास्की घर भई करिब ८ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत बुद्दिसीरी परियारले झुन्डिएर आत्महत्या गरेकी छिन।३६ बर्षिय बुद्दिसिरीले १४ जनावरी, बिहीवार २०२१का दिन काम गर्ने घरमै झुन्डिएर आत्महत्या गरेकी हुन।

नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले बुद्दिसीरी परियारले आत्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली राजादूताबासमा आएको बताए।सिलवालले भने”सन २०१३ मा श्रम स्विक्रिती लिएर उनी घरेलु कामदारको रुपमा पहिलो पटक कुवेत आएको रेकेर्डमा देखिएको छ भने सन २०१५मा छुट्टी गएर पुन: फर्किएको देखिन्छ।उनको मृत्‍युको पूर्ण बिबरण भने प्राप्त भैसकेको छैन। मृतकको परिवारसंग संपर्क भैसकेको र स्पोन्सर अनी परिवार संग समान्वय गरी दूताबासले कानुनी प्रकृया शुरु गरिसकेको छ।”


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...