Tuesday 24th March 2026

इन्डोनेसियामा ६.२ म्यग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा ६७ जनाको मृत्यु


तीतोपाटी – इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा ६७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्। शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। स्थानीय समयानुसार मध्यरातपछि १:०० बजेतिर सात सेकेन्डसम्म भूकम्पले हल्लाएको थियो ।

भूकम्पको केन्द्रविन्दु माजेने शहरको ६ किलोमिटर (३(७ माईल) उत्तरपूर्वमा १० किलोमिटर (6.२ माईल) को गहिराईमा रहेको इन्डोनेसियाको मौसम विज्ञान, मौसम विज्ञान र जियोफिजिक्स एजेन्सीले जनाएको छ। ।

भूकम्पको कारण एउटा अस्पतालको नै भत्किंदा उक्त अस्पतालमा रहेका धेरै मानिसहरू मरेको तथा भग्नावशेषमा च्यापिएको हुन सक्ने भन्दै उद्धारकर्मीहरूले अस्पतालको भग्नावशेषमा जीवित मानिसहरू छन् कि भनेर खोजिरहेका छन्। त्यहाँ विद्युत अापर्ति बन्द हुँदा उद्दारमा समेत कठिनाइ भएको छ ।

भूकम्पको कारण कम्तिमा ६३७ जना घाइते भएका छन् भने १५०० जना विस्थापित भएको कुरा त्यहाँको राष्ट्रिय विपद व्यावस्थापन समितिले जनाएको छ । त्यहाँ भूकम्पपछि सुनामीको चेतावनी त जारी गरिएको छैन तर हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थानमा गएका छन् । दुईवटा भूकम्प गएकाले अधिकारीहरूले शक्तिशाली परकम्प जान सक्ने र सुनामी आउन सक्ने चेतावनी दिएका छन्।

विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो । प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित इन्डोनेशिया उच्च भूकम्पीय क्षेत्रमा पर्छ।

सन् २००४ मा ९.१ म्याग्निट्यूडको भूकम्पपछि हिन्द महासागरमा आएको सुनामीका का कारण १३ देशमा २,२६,००० मानिसको मृत्यु भएको थियो।

तीमध्ये इन्डोनेशियाको आचे प्रान्तमा मात्र १,७०,००० जनाले ज्यान गुमाएका थिए।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...