रोजिना ढुंगाना – मैले १२ कक्षा सरकारी स्कुल बाट पास गरेँ । कुरो सन २००७ को हो । १२ कक्षा त पास गरें तर न मलाइ अंग्रेजी बोल्न र लेख्न मज्जाले आउथ्यो न त कम्प्युटर नै देखेकी थिए । सुन्दा आजको युगमा अपत्यारिलो लाग्ला तर सत्य हो म गरिब परिवारकी सरल जिन्दगि जिएकी गाँउकी केटी हुँ । घरको काम धन्दा खेतिपाती सबै गरेकी हुँ । कसैका घरमा एक रात बिताएकी छैन । फिलिम, डान्सबार, जुवा, तास यस्तो केहि देखेको थिइन । साथीहरु केटी नै भए पनि मलाइ तास खेल्न आउछ भन्थे,उनीहरूका कुरा सनेर म छक्क पर्थेँ । फिलिम हेर्न जाम भन्थे तर आफ्नु त घरमा सोध्ने हिम्मत सम्म हुँदैनथ्यो । साथीको घरमा बिहे, पुजा हुँदा बस्नै बोलाउथे तर आफु त बैलेमा गएर फर्कि हाल्नु पर्थ्यो । रक्सि खाएका मान्छे बाटोमा देख्दा डरले सातै जान्थ्यो । घरमा हजुर मुवा पान खानु हुन्थ्यो त्यसैले सुपारी खान सिकेकी थिए तर बुवाले पत्थरी हुन्छ भनेर खानै दिनु हुन्न थ्यो । घर, स्कुल र घरमा सगाउ , पघाउ बाहेक केहि जानेकी थिइन । गाँउकै बजार पनि घरका ठुला बढाको साथ लागेर बाहेक कहिलै जाने हिम्मत हुँदैन थ्यो । पैसा पनि कहाँ हुन्थ्यो र? दसैँको पैसा खुत्रुकेमा राखेर अर्को दसैँ मा फुटाएर चुरा, टिका किन्थेँ । यसरी नै जिन्दगी बितिरहेको थियो ।
हाम्रो गाँउघरमा एकजाना दिदी विदेशबाट भखरै आउनु भएको थियो । हेर्दा गोरी , मोटी राम्री, सुक्सुकाउँदी देखेर मलाइ पनि त्यस्तै हुन पाए हुन्थ्यो भनेर कल्पना गर्न थालें । सबै कुरो पैसा भएरै होला झै लाग्थ्यो।एक दिन तिनै दिदीलाइ पसल गएको समयमा भेटे- अनि “दिदी हजुर कति राम्री, गोरी” भनेर भनिदिए ।वहाँले ‘तिमी पनि हिन न बिदेश म जस्तै हुन्छौ’ भन्नु भयो । तर मैले हाँसोमै उडाइदिए, बिचरी म विदेश जाने कल्पना कसरी गर्न सक्थेँ र ? जाबो गाँउकै बजार जाने त हिम्मत छैन मलाइ । न त मैले काठमाडौं शहर नै देखेको छु। हरे सोच्दा पनि कहाली लाग्यो तर त्यो दिन देखि भने म मा धेरै कुरा खेल्न थाल्यो । फेरि दिदिी सङ भेट्ने इच्छा जाग्यो , अनि घाँस काट्ने निहुँले दिदीको घर छेवै मा गएँ ।
अनि दिदीले मलाइ देखेर देखेर ‘नानी आउ विदेशी मिठाइ खान’ भनेर बोलाउनु भयो । आखिर म पनि यहि चाहन्थेँ । म मख्ख परेर गएँ ।अनि एउटा मिठाइ हाँसेर दिनु भयो ।मिठो बोली, मिलेका दाँत, म कहिल्यै बिर्सन्न ति दिदीलाइ । मिठाइ खादै मैले ‘दिदि म पनि जान मिल्छ होला र बिदेश ?’ भनेर डराउदै , लजाउदै , बल्ल बल्ल कुरा राखें । दिदीले भने हल्का रुप मा भन्नु भो, ‘लsss किन नहुँनु तिमीहरु जस्ता पातला, उमेर कम भएका त खोज्छ्न नि विदेशमा।’ अनि म खुसी हुँदै, ‘दिदी जाने खर्च चाहिँ धेरै लाग्छ होला हगि ?’ भनेर सोधेँ। दिदीले हैट लाटी तेत्रो लाग्दैन , जाबो खाडी मै जान त १०हजार भए पुगिहाल्छ नि जाने भए भन म एजेन्टलाइ कुरा गर्दिन्छु ।बरु पास्पोर्ट बनाइ हाल’ भन्नुभयो।
१०हजार दिदीले जाबो भने पनि मलाइ कस्ले दिन्छ र ? अनि पास्पोर्ट कसरी बनाउने ?भन्ने चिन्ता हुन थाल्यो । अनि फेरि सोधेँ दिदी अनि काम चाहिँ के गर्नु पर्ने होला? दिदीले ‘पिर नगर लाटी घर कै काम हो , घर सफा गर्ने , लुगा धुने , त्यहि पनि मिसिनमा गर्मी पनि पटक्कै हुँदैन एसि मा हो सजिलो छ, यहाँ भन्दा त । पैसा पनि मैना को १ ०हजार कमाउँछौ, खान लाउन दि हाल्छ आफ्नु पैसा खुरु खुरु पठाउनु नि घरकाले पनि सुख -पाउछ्न् अनि तिमीले पनि।’ दिदीले त्यसरी खुलेर कुरो गरेको सुनेर म द्ंगै परें। किनभने मैले विदेश जांदाको काम अरु नै नराम्रो कुरो गर्ने बारे सुनेकी थिएँ तर सोध्न सकिरहेकी थिँइन स अनि फेरि सोधेँ दिदी अरु तेस्तो नराम्रो त… ? दिदीले अलिक ठुलो स्वर मा भन्नु भयो, ‘तेस्तो नराम्रो केहि हुँदैन, त्यस्तो हुने भए म यत्रा वर्षदेखि बस्थें? फेरि तिमी आफ्नै गाँउकि बहिनीलाइ झुटो बोल्छु होला र ? त्यस्तो त कल्पना पनि नगर , बरु घर को काम धेरै भएर , नानीहरु धेरै छ्न भने काम गर्दा गर्दै सुत्ने समय मिल्दैन । धेरै उभिएर काम गरेर खुट्टा दुखेर चाहिँ हैरान हुन्छ्। फोनमा कहिले काहीँ मात्रै हो घर बोल्न पाउने, बरु घरको चाहिँ धेरै याद आउँछ । त्यो बाहेक, त्यस्तो केहि हुँदैन नानी , पिर नगर बरु जाने भए पास्पोर्ट बनाउ म भोलि कुरा राख्दिम्ला है ।’
मैले ति दीदीको कुरामा सोरै आना साचो पाएँ ।मनकी पनि सुन्दर थिइन दिदी । म कुरा सुनि सके पछि घर गएँ अनि हजार कल्पनामा चुर्लुम्मै डुबें । पैसा कमाउछु , एसो गर्छु , उसो गर्छु , आखिर अब अगाडि पढाउन पनि सक्दिन भन्नु भएको थियो घर मा र हैसियत पनि थिएन । अब म पास्पोर्ट कसरी बनाउने? भनेर सोच्न थालेँ । घरमा विदेश जाने कुरा सुनाउन हिम्मत गर्नु र मर्नु बराबर थियो । म भागेर जान्छु भन्ने सोचेकी थिएँ तर हिम्मत जुटाउन धेरै गाह्रो थियो । फेरि तिनै दिदीलाइ सबै कुरा राखेँ अनि दिदीले, ‘नागरिकता लिएर आउप, म एजेन्टलाइ कुरो गर्छु कसैले थाहा नपाउन। मेरो नाम आउँछ त्यस्तो नहोस । बरु तिमी मलाइ भेट्न पनि न आउ । उ त्यो पिपलको रुख मुनि चिठि छोड्छु जे हुन्छ् त्यहिँ गरौला’, दिदीले भनिन् । मैले पनि हुन्छ भने ।मेरो नागरिकता म स्ंगै थियो , लगेर दिएँ ।म स्ंग जम्मा ८०रुपिया पैसा थियो, त्यो पनि धेरै पहिला देखि नै जम्मा गरेर राखेको।१०हजार अनि पास्पोर्ट बनाउन ५ हजार , जम्मा १५ हजार म दिदि लाइ दिन कसरि पाँउ ?भन्ने मात्रै चिन्ता हुँन थाल्यो । दिनचर्य बित्दै थियो , घरको काम दाउरा घाँसमा म ब्यास्त थिएँ । विदेशको त मायाँ मारिसकेकि थिएँ, फेरि १५ हजार आफु स्भँग भए पो ?
कुरा भएको पनि करिब २ महिना बितिसकेको थियो, अचानक दिदीले बोलाउनु भयो । म हतारिदै दिदीको घर गएँ ।दिदीले मेरो पास्पोर्ट बन्यो अनि भिसा पनि लागि सक्यो रे भन्नु भयो। हरे ! मुटुले ठाउँ नै छोड्ला कि जस्तो भयो । मैले त नागरिकता मात्रै चोरेर दिएकी थिएँ । अरु सबै आफैं भएछ । ठुला बढाले चाहे जे पनि गर्न मिल्दो रहेछ र सक्दा रहेछ्न भनेर त्यो बेला नै थाहा पाएकी हुँ । तर आफुले सोच्दै नसोचेको भएर होला म भने थर थर कापेँ र अचानक ज्वरो नै आए जस्तो भयो । के कुरा सोधौ सोच्नै सकिन , एस्तो डर त मलाइ जिबनमा कहिल्यै लागेको थिएन । मानौ मैले कसैको ज्यानै लिए जस्तो । मलाइ दिदी के के भन्दै हुनु हुन्थ्यो मैले केहि बुझिन , हरे ! कस्तो आपत आइपर्यो , दिदीले गाली गर्दै भन्नु भो अस्ति जान्छु भनेर नागरिकता दिएकी हैनस , ऐले किन बोल्दिनस ?
म झसङ्ग भएर हो भने । अनि दिदीले लगतै भन्नु भो – ‘अब अर्को हप्ता इन्डिया जानु पर्छ । त्यहाँ २ हप्ता बसेर कुवेत जाने हो ।’ मैले यो देशको नाम पनि पैलो पटक सुनेकी थिएँ। दिदीले भन्दै जानु भो – ‘बरु तयारी गर, पैसा कमाएको पहिलो कमाइ र दोस्रो कमाइ मलाइ पठाइदिनु म हालिदिन्छु सबै खर्च ‘ भन्नु भो। दिदीले भन्दै जानु भो, ‘३ जोडा लुगा बोक्नु , दिल्लीमा लगाउने, उता पुगेपछि अर्कै लुगा दिन्छ । यहाँको लुगा कामै छैन । अरु केहि बोक्नु पर्दैन भित्र लगाउने कपडा २/३ जोर बोक्नु ।’ म सुन्दै थिए , तर बिहोसीमा अनि मैले डराउदै ‘यो कुरा घरमा थाहा पाए भने कुनै हालतमा मलाइ जान दिनु हुन्न , यो कुरा कसैलाइ नभन्नु है दिदी’ भनेर बिन्ति बिसाएँ , दिदीले अब नगए त भिसाको देखि सबै कुराको तिमीले नै भर्पाइ गर्नु पर्ने कुरा गर्नु भयो । म झन डराएँ , म के गरौँ ? के नगरौ ? भए म यती डराएँ कि बिष खाएर मरौँ कि जस्तो भयो। म घर जान्छु दिदी भनेर सोधेँ, हुन्छ तर मैले भनेको कुरा बिचार गर्नु भन्नु भयो ।
म बिस्तारै घर तिर पाइला बढाउँदै गएँ तर पाइला सरेकै थिएनन्, जस्लाइ हेरे पनि डर लाग्न थाल्यो । सबैले मेरो बारेमा थाहा पाएर मलाइ नै हेरे जस्तो लाग्न थाल्यो । मैले ठुलो पाप गरेर लुकाउँदै मुख छोपेर हिनिरहेको जस्तो हुन्थ्यो । बल्ल बल्ल घर पुगेँ ।बुबाले ठुलो स्वरमा हैन कहाँ गएकी थिइस, घरमा छैनस त ? भन्नु भयो । मेरो त सातै गयो अनि ममीले पनि ढिला घर आएको कुरामा गाली गर्नु भो । अनि त्यो दिदीलाइ भेटिरहने के काम छ ह्ं? भनेर प्रश्न गर्दा त म अकमकाए छु। शंकाले लंका जलाउँछ भने झैँ कहिलै झुट बोल्न आँट नगरेकी मैले त्यती ठुलो कुरा लुकाउनु पर्दा सगरमाथा नै मेरो छातीमा खसेको जस्तो भयो ।वनको बाघले खाओस नखाओस मनको बाघले भित्र भित्रै मलाइ खाएको खायै गर्न थाल्यो । म तिर कसैले हेर्दा , अलिकति गाली गर्दा पनि थाहा पाएर होला जस्तो लाग्थ्यो । भोक लागेन , रातै भरि सुत्न छोडे बुधबार ८ बजे बिहान बिर्तामोडमा भेट्ने कुरा थियो । तेसै दिन घर छोड्ने कुरा भयो ।
माघको मैना थियो निकै जाडो थियो।आफु सँग न्याना लुगा बाहिर निस्कने लायकका धेरै थिएनन । न त हातमा पैसा नै थियो म सोच्दा सोच्दै बिहान भएछ् ।आमा बाबा अनि भाइ बहिनीको मुख हेर्छु माया पनि लाग्छ अनि डर पनि , नजाउ भने त्यत्रो पैसाको भरपाई गर्नु पर्ने कुरो छ घरमा थाहा पाएर मेरो के हालत होला ?
बिदेश जाने रहर भन्दा बढि बाध्य भए म । रहर त नादानी थियो तर अब कुनै हालतमा जानै पर्ने बाध्यता थियो । अरुको लोभ , लालच र पैसा कमाउने कल्पना गरेकै कारणले म त्यो अवथा सम्म आइपुग्छु भनेर मैले सपनामा पनि सोचेकी थिइन् । यस्तो त सत्रुलाइ पनि नपरोस आज म चाहेर पनि मेरो परिवारलाइ केहि भन्न सकेकी छैन । न रुनै सक्छु न हाँस्न नै, भन्ने मन त थियो बाबा म बाट गल्ति भयो मलाइ माफ गर्नुस नागरिकता चोरेर दिदा यति ठुलो सजाय भोग्दै छु । म विदेश जान चाहान्न आमा मलाइ डर लागेको छ भनेर चिच्याइ चिच्याइ रुन मन लागेको थियो । तर सकिन हिम्मत नै गरिन बुबा आमालाइ वहाँहरूको आँखाको सामुन्ने मैले धोका दिएको कुरा सुनाउन सकिन । बरु म विदेश जान्छु , दुःख गर्छु , मरे पनि बरु मर्छु उतै , तर बाबा आमा को मन मेरो अगाडि टुटेको हेर्न सक्ने हिम्म्त थिएन । अब जाँदैछु कहिलै नदेखेको, नसुनेको अनि कल्पना पनि नगरेको ठाँउ कुवेत आजको हप्ता दिन पछि त्यो पनि इण्डिया हुँदै ।
क्रमस…
-रोजिना ढुङ्गाना झापा
हालः कुवेत