Friday 11th July 2025

रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढ्यो


चालु आर्थिक वर्षको ६ महिनामा ४१६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।

उता वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा भने कमी आएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई रु.४५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...