Tuesday 23rd April 2024

लण्डनमा एक नेपालीको हत्या


तितोपाटी- लण्डनस्थित इष्टकोट ट्रेन स्टेशनमा एक नेपालीको हत्या भएको छ।

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय सहसंयोजक कृष्ण तिमल्सीनाका अनुसार काठमाडौं जोरपाटी घरभै हाल नर्थोल्डमा बसोबास गर्दै आएका ३५ वर्षीय बिक्रम केसीको हत्या भएको हो।

इष्टस्कोट अन्डरग्राउन्ड स्टेशनमा आइतवार राति १० बजेर ३० मिनेटतिर भएको दुई पक्ष बीचको भिडन्त हुँदा उनको ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पश्चिम लन्डनको फिल्ड एण्ड रोडको कार्पेट वल्र्ड बाहिर उनी माथि अज्ञात समूहले आक्रमण गरेको थियो।
स्थानीय एक रेष्टुरेन्टमा सेफको रुपमा कार्यरत केसी लण्डनमा श्रीमतीसंग बस्दै आएका थिए।

घटनाको सम्बन्धमा २१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। केसी भारत, कुवेत हुँदै लण्डनमा वर्कपरमिट भिषामा बेलायत आएका थिए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...