Thursday 22nd January 2026

‘नेकपा कानूनीरुपमा फुटेको छैन’ : उपप्रधानमन्त्री पोखरेल


तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताएका छन् ।

नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताए।

उनले तत्कालीन एमाले र माओवादीबीच एकताको शुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको जनाउँदै पार्टी कानूनीरुपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताए ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...