Saturday 31st January 2026

उडेको ४ मिनेट मै विमान खस्यो


तोयानाथ उपेक्षित – ईन्डोनेशियामा हिजो त्यहाँका समय अनुसार अपरान्ह २ बजेर ४० मिनटमा यात्रु विमान हरायो । उक्त विमान उडेको ४ मिनट पछि नै हराएको थियो । पछि राडरले जाँच गर्दा विमान २० किलोमिटर पर मात्र पुगेर समुन्द्रमा खसेको पाईयो ।

त्यहाँ भारी बर्षाका कारण विमानले ३० मिनट ढिलो उडान भरेको थियो । सन १९८० देखि १९९० को दशकमा बनेको बोईंग ७३७ को प्राविधिक कमजोरी रहेको आरोप पनि लाग्दै आएको छ । सन २००३ मा ईन्डोनेशियामा स्थापना भएको श्रीविजय एयरलाईन्स को उक्त विमान २६ बर्ष पुरानो रहेको समाचारहरुमा उल्लेख गरिएको पाईन्छ ।

हिजो दुर्घट्नाग्रस्त जहाज को आसपासमा यस अघि सन २०१८ मा पनि अर्को जहाज दुर्घटना भएको थियो जुन समयमा १८९ जना यात्रुको निधन भएको थियो ।

जहाज तीस हजार फुट माथि बाट ३० मिनटमा समुन्द्रमा खसेको बताईन्छ । एक प्रत्यक्षदर्शी मछुवाराका अनुसार जहाँ जहाज समुन्द्रमा खस्दा विस्पोट भएको थियो ।

उक्त विमान मा यात्रारत यात्रु र विमानका कर्मचारी सवै ६२ जनाको निधन भएको समाचार छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...