Wednesday 22nd July 2026

विश्व नेपाली साहित्य महासंघ कुवेतको अध्यक्षमा प्रेम कटवाल चयन


विश्वभर फैलिएका नेपाली साहित्य लेख्नेहरूको संगठीत भएको संस्था विश्व नेपाली साहित्य महासंघको अधिवेशन अनलाईन भर्चुअल वेबिनार मार्फत जनवरी ८ तारिख शुक्रबार सम्पन्न भएको छ।

अधिवेशनले अध्यक्षमा साहित्यकार तथा गीतकार प्रेम कटवाललाई चयन गरेको छ।

विश्व नेपाली साहित्य महासंघ कुवेतका अध्यक्ष अमित चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष सुरेन्द्र परदेशी (भारत), विशेष अतिथिहरु आख्यानकार मदन पुरस्कार विजेता राजन मुकारुङ (नेपाल), केन्द्रिय सल्लाहकार प्रा.डा भिम खतिवडा (नेपाल), केन्द्रीय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ (रसिया), अतिथिहरु महासचिव सुनिता राई कन्द्ङवा (इजरायल), बरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्ले (ताइवान), उपाध्यक्ष सावित्री लुइटेल (इजरायल), सहसचिव भुवन रोका (जापान), कोषाध्यक्ष केबि पौडेल (नेपाल), कवि केशव सिलवाल (नेपाल), विनेसाम भारत शाखाका अध्यक्ष राहुल राई, साउथ लन्डन विनेसाम उपाध्यक्ष, महासचिव अमित यक्थुङ्बा, पत्रकार महासङ्घ कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने, एनआरएन कुवेतका महासचिव दिल कुमार पाख्रीनको उपस्थिति रहेको थियो।

मन्जित चाम्लिङ राईले आफ्नो सृजना र शुभकामना राखेका थिए। कार्यक्रमको सहजीकरण भुवन सुवेदी र केशर घलानले गरेका थिए भने प्रेम कटवालको स्वागत मन्तव्य रहेको थियो।

शुभकामना मन्तव्यको क्रममा प्रा.डा. भिम खतिवडा र अग्रज साहित्यकार कृष्णप्रकाश श्रेष्ठले आफ्नो धारणा समेत राखेका थिए। नेपाली साहित्य अझै पूर्ण नभएको र सर्वपहिचान झल्काउने हुन नसकेकोले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतालाई समेट्ने गरी साहित्यिक संस्थाहरु अघि बढ्नु पर्ने र समाजका जराहरु लेखिएन भने सामाजिक न्याय नमिल्ने भन्दै आख्यानकार राजन मुकारुङ्गले सुझाव सहितको शुभकामना ब्यक्त गरेका थिए |

नवनिर्वाचित अध्यक्ष प्रेम कटवाललाई केन्द्रिय अध्यक्ष सुरेन्द्र परदेशीले सपथ ग्रहण गराएका थिए। कार्यक्रमका अध्यक्ष अमित चाम्लिङ राईले संस्थाको विवरण पेश सहित सबैमा सधन्यवाद ब्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिको घोषणा पश्चात् सृजना र शुभकामनाको साथ कार्यक्रम समापन गरेका थिए ।

साहित्यकार तथा गीतकार प्रेम कटवालको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष गङ्गा सुवेदी (झापा), उपाध्यक्ष ईन्द्र भुषाल (पर्वत), महासचिव केशर घलान तामाङ (ललितपुर), सचिव आकास शेर्पा (ओखल्ढुङ्गा), कोषाध्यक्ष सुरेश गुरुङ (सङ्खुवासभा)
सदस्यहरु बिष्णु भट्टराई (खोटाङ), कृष्ण पौडेल (झापा), बिमला पण्डित (काठमाण्डौ ), गोबिन्द मल्ल (कास्की ), युबराज राई (खोटाङ), छबिराम सुनार (नवलपरासी), उमा घिमिरे (मोरङ)
संरक्षक अमित चाम्लिङ राई, सल्लाहकारहरु जय आले, भुवन सुबेदी, दिल कुमार पाख्रीन, नैन कला राई र राणध्वज लामा रहेका छन्।


सम्बन्धित शीर्षकहरु

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

प्रतिकृयाहरू
...