Friday 25th September 2026

ओलीको आरोप : भीम रावल सुदूरपश्चिम प्रदेशको समस्या


प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता भीम रावललाई सुदूरपश्चिम प्रदेशको विकासको वाधक भएको आरोप लगाएका छन्। शुक्रबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता रावलको नाम नलिई उनलाई सुदूरपश्चिम प्रदेशको बाधकका रूपमा ब्याख्या गरेका हुन्।

‘अछामको एउटा केटो म जेल बस्या बेला बाटामा हिँड्दा हिँड्दै पुलिसले समाएर ल्याएछ र भेट्टाएर मैले राजनीतिकरण गर्‍याथेँ,’ ओलीले भने, ‘अहिले त कुराकानी सानातिना छैनन्, मान्छेभन्दा कुरा ठूला। यस प्रदेशको समस्या हो त्यो मान्छे, अब त्यो समस्या अन्त्य भएको छ।’

मन्त्री पद नपाएपछि नेता रावलले आफूविरूद्ध बोल्दै हिँडेको ओलीको आरोप छ। ‘मैले मन्त्री बनाएको बेला त केपी ओली ठिक थियो। तर, पछिल्लोपटक मैले एउटै प्रदेशबाट सधैं एउटैलाई मात्र नबनाउने भनेँ। मैले मन्त्री बनाउन नमानेपछि उहाँलाई पिर पर्‍यो। आज सुदूरपश्चिमले चार–चार जना मन्त्री पाएको छ, सम्भवतः यो आजसम्मकै पहिलो रेकर्ड होला।

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर निकायले चीनले उपलब्ध गराएको स्याटेलाइट तस्बिर र गुप्तचर सूचनाका कारण इरानको सैन्य क्षमता उल्लेखनीय रूपमा बढेको जनाएको छ।…

देख्दा मुस्कान फुल्छ, मनभरि उज्यालो छाउँछ, दुःखका ती क्षणहरूमा साथ तिम्रै याद आउँछ। गल्ती हुँदा सही बाटो देखाउने हात तिम्रो,…

चीनका राष्ट्रपति सी जिनपिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिकाको राजकीय भ्रमणमा छन्। ट्रम्पले सी लाइ एक दशकभन्दा बढी समयपछि…

प्रतिकृयाहरू
...