Saturday 21st March 2026

कविताः जनताको कसैप्रति भरोसा नै छैन – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


राणातन्त्र राजतन्त्र प्रजातन्त्र अनि
लोकतन्त्र गणतन्त्र महामन्त्र पनि
आफ्नो स्वार्थ पुरा गर्न जपिएका मन्त्र
कोही पनि स्वार्थदेखि छैन स्वतन्त्र ।१।🌷🙏🌺

हाने जस्तो रोए जस्तो गरेका खै किन
ऐलेसम्म नेताज्यूको मन बुझिएन
शहिदको सरापले नेतालाई पोल्छ
सत्य कुरा एकदिन चट्टानले बोल्छ ।२।🌷🙏🌺

कोरोनाले सताएर पिल्सिएका बेला
नेताहरु देखाएका किन यस्तो लीला
के को लागि लड्छौ नेता बोल एकचोटि
लाज मर्नु पार्‍यौ किन फुकालेर धोती ।३।🌷🙏🌺

कुनै कुरा गर्नुअघि उद्देश्यको खोजी
गरिकन काम शुरु गर्नुपर्ने हो कि ?
यतिबेला चुनाबको के को खाँचो थियो ?
भन्ने कुरा अझैसम्म बुझिएन क्या हो ।४।🌷🙏🌺

आफ्नो गल्ति कोही पनि स्वीकारेको छैन
अरुमाथि मात्र दोष थोपरेको किन ?
जनताको कसैप्रति भरोसा नै छैन
यस्तो बेला मतदान गर्ने हामी किन?।५।🌷🙏🌺

-हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...