राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्याली निकालेको छ ।
र्याली बबरमहलबाट शुरु भएर थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबारमार्ग पुगी सभामा परिणत भएको थियो ।
र्यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए ।
राप्रपा एवं उसका भातृ संगठनहरुले यसअघि पनि बिभिन्न जिल्लामा राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका पक्षमा र्याली एवं कोणसभाको आयोजना गर्दै आएका छन ।
सोही क्रममा शनिबार काठमाडौंमा मोटरसाइकल र्यालीको आयोजना गरिएको राप्रपाले जनाएको छ ।