Tuesday 25th August 2026

साउदी अरबद्वारा एकसाताका लागि सवै अन्तराष्ट्रिय उडानमा रोक


तितोपाटी-  साउदी अरेवियाले सवै अन्तराष्ट्रिय उडानहरु एकसाताकका लागि रोकेको छ । कोभिड १९ को नयाँ लहर (वेभ) को सम्भावनालाई मध्यनजर गर्दै एकसाताका लागि उडान रोकिएको र सो समयावधि अर्को साताका लागि पनि बढ्न सक्ने साउदी अरेवियाका सञ्चार मध्यमहरुले जनाएका छन् ।

नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी अरेविया प्रवेश गर्न पाइने छैन । स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार यस्तो बन्देज लगाइएको साउदी अरेवियाको आन्तरिक मामिला सम्वन्धि मन्त्रालयले जनाएको छ । यस अगाडी नै केहि युरोपेली मुलुकहरु तथा बेलायतले कोभिड १९ को थप लहर आउन सक्ने भन्दै सचेत गराइसकेका छन् ।

यसअगाडी कुवेतले बेलायतबाट आउने तथा सो मुलुकमा जाने उडान रद्ध गरिसकेको छ । बेलायतले तिव्र गतिमा पुनः कोभिड १९ फैलिन थालेको घोषणा गरे लगत्तै लगाइएको हो ।
साँझासवालबाट

 


सम्बन्धित शीर्षकहरु

कुवेतको फौजदारी अदालतले लागुऔषध कारोबार तथा प्रयोगसम्बन्धी विभिन्न मुद्दामा कडा सजाय सुनाएको छ। अदालतले एक बंगलादेशी नागरिकलाई लागुऔषध तथा मनोप्रभावी…

हाइटीमा ग्याङ हिंसा फेरि तीव्र बनेको छ। राजधानी पोर्ट–अ–प्रिन्सनजिकैको केन्स्कोफ क्षेत्रमा शक्तिशाली ग्याङ गठबन्धनले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु…

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

प्रतिकृयाहरू
...