Friday 9th October 2026

‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ मा नेपालका सन्तोष साह रनर अप बने


विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह प्रतियोगिताको टप थ्री मा पुगेर रनर अप भएका छन् भने ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को उपाधि बेलायती सेफ आलेक्स वेवले जितेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा सन्तोषले मास्टर सेफ को उपाधि हात नपारे पनि उनले नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गरेर विश्वमाझ नेपाली खानालाइ चिनाउन सफल भएका छन् ।

३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिए ।

केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसके पनि निर्णायकहरू र नेपालीको मन जित्न सफल भएकोमा खुशी छन् ।

करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकारमात्र पस्किएर आफ्नो उपस्थिति दरिलो बनाए । हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति विश्वसामु चिनाए । नेपाली झण्डा फहराए । भादगाउँले र ढाका टोपी पहिरिए ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...