Saturday 3rd October 2026

क्यान्सर पीडित आयुषलाई आर्थिक सहयोग गर्न अनुरोध


तितोपाटी- चार वर्षीय बालकलाई ब्लड क्यान्सर भएपछि उनको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ सानाडेभा घर भई आदर्श माध्यमिक विद्यालय खाँचिकोटमा कक्षा १ मा अध्यनरत बालक आयुष रायमाझीलाई ब्लड क्यान्सरसँग जुधिरहेका छन् ।

हाल उनको नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स) अस्पतालमा उपचार भइरहेको छ । बालकको उपचारका लागि ठूलो धनराशी लाग्ने तथा घरपरिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएको हुँदा बालकको जीवन रक्षाको लागि विभिन्न समाजसेवी व्यक्तिहरु मिलेर ‘आयुश बचाउँ अभियान’ सञ्चालन गरिएको छ ।

सहयोगका लागि नेपालमा सुरज रायमाझी (९८४७२८४७७७)र डिल्ली थापा (९८५७०६११३९) कुवेतमा खुम बहादुर रायमाझी (९७२२४९०८) र भारतमा कमल रायमाझी (९८२१२३७६४३) लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

बालकलाई सहयोग गर्न चाहने व्यक्तिहरुले एचडीएफसी बैंक खाता नं ५०१०००३४९८७६०७  र नेपालमा कृष्णकुमारी थापाको राष्ट्रिय बाणिज्य बैंक सन्धिखर्क बचत हि. नं.१३६०१र१३४ मा सहयोग जम्मा गर्न सकिनेछ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...