Sunday 28th December 2025

कोभिड विरूद्धको खोपबाट एएचआईभी पोजिटिभ देखिएपछि अष्ट्रेलियामा खोप परिक्षण रोकियो


तीतोपाटी -अस्ट्रेलियाले कोभिड–१९ विरुद्धको खोप परीक्षण रोकेको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्ड र बायोटेक कम्पनी सीएसएलले संयुक्त रूपमा निर्माण गरिरहेको खोपको प्रतिक्रिया नकारात्मक देखिएपछि परीक्षण रोकिएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार परीक्षणका क्रममा उक्त खोपले एचआईभी पोजिटिभको नतिजा दिएको थियो । अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणका लागि निर्माण गरिरहेको यो पहिलो खोप हो । प्रधानमन्त्री स्कट मरिसन र स्वास्थ्यमन्त्री ग्रेग हन्टले खोप परीक्षण रोकिएको पुष्टि गरेका छन् । परीक्षणका क्रममा गलत रूपमा एचआईभी पोजिटिभको नतिजा दिए पनि यसले त्यस्तो समस्या हुने कुनै खतरा नरहेको उनीहरुको भनाइ छ ।

अस्ट्रेलिया सरकारले युनिभर्सिटी अफ क्विन्सल्यान्ड र सीएसएलले निर्माण गरिरहेको उक्त खोप सफल भएमा कम्तीमा ५ करोड डोज खरिद गर्ने सम्झौता गरेको थियो । तर खोप परीक्षण रोकिएसँगै उक्त कम्पनीले अस्ट्राजेनेकका तथा अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको खोप २ करोड डोज निर्माण गर्न लागेको जनाइएको छ ।

सरकारले अब अन्य कम्पनीले निर्माण गरेका खोप उपलब्ध गराउने प्रधानमन्त्री मरिसनले बताएका छन् । स्वास्थ्यमन्त्री हन्टले अस्ट्रेलियाले १४ करोड डोज खोप खरिद गर्ने निर्णय गरिसकेको जनाएका छन् । अस्ट्रेलियामा कोभिड–१९ बाट संक्रमित भएका २८ हजारमध्ये ९ सय ८ जनाले ज्यान गुमाइसकेका छन् भने ४९ जना निको हुन बाँकी छन् ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...