Saturday 24th January 2026

श्रम स्वीकृतिको लागि म्यादी जीवन वीमा र कल्याणकारी कोषको रकम अन्लाईनबाट तिर्न सकिने


तीतोपाटी – वैदेशिक रोजगारीका लागि गरिने म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अबदेखि अनलाईनबाटै भुक्त्तानी गर्न सकिने भएको छ ।

वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युत्तीय माध्यमवाट समेत भुक्तानी गर्न सकिने जनाएको छ ।

भुक्तानी सेवा प्रदायक संस्थाहरु ईसेवा फोन पे प्रा.लि, स्प्यारो पे प्रा.लि.बाट म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइन मार्फत नै भुक्त्तानी गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ । सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबाट अनलाईन वीमा जारी हुने विभागले जनाएको छ ।

उल्लेखित भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने गरी आवश्यक व्यवस्था मिलाईएको विभागले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...