Wednesday 25th March 2026

श्रम स्वीकृतिको लागि म्यादी जीवन वीमा र कल्याणकारी कोषको रकम अन्लाईनबाट तिर्न सकिने


तीतोपाटी – वैदेशिक रोजगारीका लागि गरिने म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अबदेखि अनलाईनबाटै भुक्त्तानी गर्न सकिने भएको छ ।

वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युत्तीय माध्यमवाट समेत भुक्तानी गर्न सकिने जनाएको छ ।

भुक्तानी सेवा प्रदायक संस्थाहरु ईसेवा फोन पे प्रा.लि, स्प्यारो पे प्रा.लि.बाट म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइन मार्फत नै भुक्त्तानी गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ । सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबाट अनलाईन वीमा जारी हुने विभागले जनाएको छ ।

उल्लेखित भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने गरी आवश्यक व्यवस्था मिलाईएको विभागले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...