Wednesday 22nd July 2026

कुवेतबाट युवराज गैरेको पहलमा बाढी पिडितलाई आर्थिक सहयोग


तितोपाटी- बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित गत भदौ मैनामा गएको बाढी पहिरो पिडितलाई कुवेतबाट ने. रु. ८५ हजार आर्थिक सहयोग गरिएको छ।

लामो समयदेखी कुवेतमा कार्यरत रहेका तथा कुवेतस्थित प्रवासी नेपाली एकता मंचका कार्यकारी सदस्य तथा युवा नेता युवराज गैरेद्वारा संकलित उक्त रक़म उनकी धर्मपत्नी मनकुमारी गैरे मार्फ़त नगरप्रमुख देबकुमार नेपालीलाई हस्तान्तरण गरिएको जानकारी दिएका छन।

आफु कुवेतमा रहेपनि नेपालमा बाढीले बिनास गरी सर्वसाधारणको धनजनको क्षती र घरबार बिहिन बनाएको खबरले मन दुखेको हुँदा पिडामा रहेका नेपाली दाजुभाईलाई थोरै भए पनि सहयोग पुराउँन आफुले सहयोगको लागि आव्हान गरेको र उक्त रकम गैरेले आफु कार्यरत कम्पनीका साथी लगायत अन्य व्यक्तिद्वारा संकलन गरेका हुन।

कोरोना भाइरस(कोभिड-१९) को माहामारीको कारण विश्वनै आक्रान्त बनिरहेको बेला जन्मभूमिमा प्राकृतिक विपत्तिमा परेर जनधनको क्षेती संगै ठुलो संख्यामा विस्थापित भएपछी सहयोग स्वरूप आर्थिक राहत जुटाएको अभियानकर्ता गैरेले बताए। गत भदौको तेश्रो साता आएको बिनासकारी बाढीका कारण सम्पति र घरबार बिहिन भएकाहरुको अवस्था उकास्ने उदेश्यले आफुहरुले उक्त सहयोग गरेको जनाए।

प्रबासमा रहेर कम्पनिको मजुदर गरी जम्मा गरिएको रकम संकलन गरी बाढी पिडिताई सहयोग गर्नु मानविय धर्म भएको गैरेले बताएका छन् । साथै यस महान कार्यमा आर्थिक, सहयोग गरि साथ दिनुहुने सबै प्रति धन्यवाद तथा आभार ब्यक्त गर्दै आगामी दिनमा पनी निरन्तर साथ र सहयोग रहने अपेक्षा रहेको गैरेले बताए ।

सहयोगीहरुको नामावली र सहयोग रकम
जन जागृति युबा समाज ४१ केडी
मनु मगर २५ केडी
युना लामा १० केडी
रमिता योन्जन १० केडी
एजिलिटी नेपाली ग्रुप १३९ केडी


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...