Friday 22nd January 2021

एनआरएन साउदीद्वारा ५ सय अलपत्र नेपालीलाई खाद्यान्न सहयोग


तितोपाटी- साउदी अरेबियामा कोभिड १९ र अन्य कारणले अलपत्र परेका ५ सय ३ जना नेपालीलाई एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ। यो सँगै १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ ।

एनआरएन साउदीका अनुसार कोभिड १९ को मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने सहयोगको लागि उचित कदम चाल्नुको साथै हवाई टिकट,सेल्टर व्यवस्थापन, स्वदेश फिर्ता (होम व्यवस्थापन ) लगायत विभिन्न कार्यमा गरी हालसम्म ४७ हजार ६ सय ५३ साउदी रियाल सहयोग गरेको जनाएको छ।

तत्कालका लागि ‘कोरोना उद्दार महाअभियान’ समेत सुरूवात गरेको छ। जसअन्तर्गत रोजगारी गुमाएर खाना बस्न सेमत नपाएका नेपालीको लागि तत्काल आवास (सेल्टरको) व्यवस्था गर्ने, आवश्यक अनुसार खानाको व्यवस्थापन गरिने, अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ताका लागि हवाई टिकटस्वरूप प्रति पीडित व्यक्ति २ सय अमेरिकी डलरको व्यवस्था गरिने र स्वदेश फिर्ताका लागि आवश्यक पर्ने कोरोना टेस्टीङ (पीसीआर) रिपोर्टका लागि ८० अमेरिकी डलरको व्यवस्था गरेको छ।

साथै स्वास्थ्यसम्बन्धी उपचारको लागि सहयोग गर्नेलगायत स्वदेश फिर्ता हुने क्रममा काडमाडौं बिमानस्थलबाट आफ्नो घर सम्म जानको लागि यातायातको व्यवस्था समेत गरिने भएको छ ।

कोरोना महामारीसँगै एनआरएन साउदीले अलपत्र परेका नेपालीको सहयोगको लागि दूतावास परिवार,सामाजिक संघसंस्थालगायत भातृसंगठनसँग समन्वय गरी सहकार्य गर्दै आएको छ। संस्थामा हालसम्म ६ वटा क्षेत्रीय समन्वय समिति र ५ वटा स्थानीय समन्वय समिति गरी १ हजार २ सय ५० पञ्जिकृत सदस्य रहेका छन् ।
-साभार अन्नपूर्णपोस्टबाट


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान आज मलेसिया जाँदैछ ।…

सूर्यले बाँड्दछन चन्द्रमा बाँड्दछन् वायु ती सभ्य छन दानका भक्त छन् अग्नि ती देख्दछौ दानका सारथि दानले देवता बन्दछन् पौरखी…

तीतोपाटी - "त्यो दिन " नामक एल्बममा समाबेश आधुनिक गीत " ओठको मुस्कान "को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन…

प्रतिकृयाहरू