Wednesday 3rd June 2026

राष्ट्रिय पञ्चेबाजा समुह कुवेतका अध्यक्ष बिष्णु बि.क. को हृदयाघातको कारण मृत्यु


हरि कृष्ण न्यौपाने – तनहुँ घर भई कुवेतमा कार्यरत बिष्णु बिश्वकर्मा (सुनार) को हृदयघातको कारण मृत्यु भएको छ । गत नोभेम्बर १०,२०२० मंगलबारका दिन दिउँसो कुवेतको फर्वानियामा उनको मृत्यु भएको हो।उनी राष्ट्रिय पन्चेबाजा समूह कुवेतका अध्यक्ष तथा लाली गुराँस सांस्कृतिक समूह नेपाल-कुवेतका उपाध्यक्ष समेत रहेका थिए।

नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने”राहदानी नं-०७७६९९४५ रहेका बिष्णुको मृत्यु पश्चात सबै कानूनी प्रकृया पुरा गरि शब नेपाल पठाउने तयारीमा दूतावास रहेको बताए । उनले थपे, मृतक पहिले आएको कम्पनी बाट रिलिज लिएर म्यान शैलुन (Cut Loss health institute for Man ) मा काम गर्दै आएका थिए।कम्पनी र परिवार संग सम्पर्क भैसकेको छ, उनीहरु संग समन्वय गरेर छिट्टै नै शब नेपाल पठाइने छ ।

कुवेतको नेपाली समाजमा परिचित मृतक बिष्णुका श्रीमती, किशोराबस्थाका एक छोरी र एक छोरा छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौंको चक्रपथ विस्तार परियोजनाले नयाँ गति लिने भएको छ। चीन सरकारले चक्रपथ निर्माण तथा विस्तारको दोस्रो चरणका लागि नेपाललाई करिब…

भारतीय सञ्चारमाध्यम Aaj Tak ले हालै नेपालको सीमा विवादसम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई मुख्य समाचार…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई “पूर्ण र बिना सर्त आत्मसमर्पण” गर्न चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो…

प्रतिकृयाहरू
...