Wednesday 28th October 2026

कुवेतमा सिन्धुलीका सम्पथ अधिकारीद्वारा आत्महत्या


हरि कृष्ण न्यौपाने-साबिकको हत्पते-६, सिन्धुली घर भई कुवेतमा कार्यरत ४२ बर्षिय सम्पथ अधिकारीले आत्महत्या गरेका छन।उनले नोभेम्वर-७,२०२० शनिबारका दिन बेलुकी कुवेतको ७ बजे तिर कुवेतको महाबुल्ला स्थित कम्पनिकै आवास गृहमा झुन्डिएर आत्महत्या गरेका हुन।
कोसेली समुह कुवेतका सदस्य तथा मृतक संगै केही समय अघि सम्म काम गरेका मृतकका सहकर्मि माधब पौडेलका अनुसार करिव १० बर्ष देखि कुवेतको सुल्तान कम्पनी अन्तर्गतको सेक्युरिटी सेक्सन अन्तर्गत एसटिएसजी(STSG) मा काम गर्दै आएका  अधिकारीले किन आत्महत्या गरे भन्ने बारे केही खुल्न सकेको छैन भने संबंधित निकायले कानुनी प्रक्रियाका लागि शब लगि सकेको छ।पौडेलले थपे”उनको परिवारहरु संग पनि सम्पर्क हुन सकेको छैन।”
यसै बिच नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने ” अधिकारीले आत्महत्या गरेको बारे प्रारम्भिक जानकारी दूताबासमा आए पनि पूर्ण बिबरण भने आउन बाँकी छ।दूतावासले परिवार र कम्पनीसंग सम्पर्क गरि समन्वय गर्दै कानुनी प्रकृयाका लागि सहयोग गर्ने छ।”


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...