Wednesday 26th August 2026

बुढीगण्डकीको तरंग, नेकपाले भन्यो: क्षमा माग्नुस्, बाबुरामले भने, ‘अनियमितता छानविन गरौं’


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा अनियमितता भएको भन्दै सार्वजनिकरुपमा भनेपछि यसले तरंग ल्याएको छ।डा. भट्टराईले उक्त आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्ब खाएको बताएका थिए। उनले छानविन गर्न र आफु यसमा सहयोग गर्नसमेत तयार रहेको बताएका थिए। उनको यो भनाई पछि नेपाली कांग्रेसले विज्ञप्ति निकाल्दै त्यसको खण्डन गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै उक्त भनाई आधारहिन भएको बताएका थिए।

वुधबार डा. भट्टराईले छानविन गर्न माग गरेको उक्त आयोजनाको अनियमिताबारे नेकपाले खण्डन गरेको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको बताएका छन्।उक्त आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले घुस लिएको प्रमाण पेश गर्न चुनौती दिएका छन्।  श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पूर्ण रुपमा खारेज र भत्र्सना गरेको उल्लेख गरेका छन्।  त्यससम्बन्धी कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्नसमेत चुनौती दिएका छन्।

त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट रहेको र राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैर जिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना गर्नसमेत नेकपा प्रवक्ता श्रेष्ठले भनेका छन्।

नेकपाले जारी गरेको विज्ञप्तिको भट्टराईले ट्वीटरमार्फत जवाफ दिएका छन्। उनले बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न भनेका छन्। सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न उनले आग्रह गर्दै यसमा पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताउँदै जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन्।

नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...