Monday 12th October 2026

पछिल्लो २४ घण्टामा ४०४७ संक्रमित थपिए


तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ।

हाल देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्। आज १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

नेपालमा कोरोनाको आशंकामा परीक्षणको कुल संख्या ११ लाख ९१ हजार ५१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २८३ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १८८८ जना, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...