Monday 22nd June 2026

सरकार र डा. केसीबीच हुनै लागेको सहमति भाँडियो


वार्ता टोलीस्तरमा भएको सहमतिलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसीबीच हुनै लागेको सहमति भाँडिएको छ । ६बुँदे माग राखेर २६ दिनदेखि अनसन डा. केसी पक्ष र सरकारी टोली लगभग सहमतिमा पुगेको थियो । सहमतिको मस्यौदा सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए ।स्रोतका अनुसार सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेको थियो । अरु सबै विषयमा वार्ता टोलीबीच भएको सहमति नै सदर भएको थियो ।

त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो । त्यही सन्देश पाएको डा. केसीको वार्ता टोली दिनभर तयारी अवस्थामा थियो ।तर सरकारी टोली वार्तामा आएन । स्रोतका अनुसार सरकारी वार्ता टोलीका संयोजक मैनालीले लाइन मिनिस्टरलाई देखाएर मात्र सहमतिलाई आौपचारिकता दिन चाहे, तर मन्त्रीले साँझ ७ बजे मात्र समय दिए । त्यसपछि पनि मन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरे ।

उनले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति हटाइदिए । साथै अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाए ।त्यही कारण हुनै लागेको सहमति भाँडिएको छ । स्रोतले भन्यो, ‘वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त गर्ने बुँदामा समेत सहमति भइसकेको थियो, तर एकाएक सहमति भाँडियो ।’

सहमतिको मस्यौदामा संशोधन गरेका शिक्षामन्त्री त्यसपछि सरकारी वार्ता टोलीको सम्पर्कमै नआएको बताइएको छ ।  डा. केसीको वार्ता टोलीका सदस्यले सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा नआएपछि सहमतिका लागि शुक्रबार अबेरसम्म भएको प्रयास असफल भएको छ ।डा. केसीको तर्फबाट बनेको वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले पनि वार्ता टोलीस्तरमा भएको सहमतिबाट सरकार पछि हटेको बताएका छन् । उनले भने, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुरासय राखे, डा. केसी मरेपनि मरोस् भन्ने जस्तो गरे । समझदारीबाट पछाडि हट्ने काम भयो ।’

यद्यपि प्रधानमन्त्री स्तरबाट हस्तक्षेप गरेर वार्ता गर्ने हो भने अझै सहमतिको सम्भावना रहेको स्रोतको दाबी छ । डा. केसीको टोलीले पनि आफूहरु सदा तयार हुने बताएको छ । संयोजक क्षेत्रीले भने, तत्काल होला भनेर धेरै आशावादी छैनौं । तर हामी जुन कुनै बेला वार्तामा बस्न तयार छौं ।’साथै सोलिडारिटी फर डा. केसी, नेपाल चिकित्सक संघ लगायतले कडा आन्दोलन गर्ने उनले बताए ।

-अनलाईन खबर


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...