Sunday 22nd March 2026

स्पेनले आप्रवासी माथि कडाई गर्ने, कोरोना जोखिमका बाबजुत पोर्चुगल जादै


-कृष्ण खनाल “मदन”
बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ ।
स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वातामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गर्ने भएको छ ।

उनले भने आर्राइगो सोसियल अन्तरगत अध्यागमन अर्टिकल १२४.२ लाई खारेज गरिने छ । ३ वर्ष गैरकानूनी रुपमा लुकेर बसेकाले १ वर्षको कामको कन्ट्राकका आधारमा आर्राइगो सोसियलको लागि निवेदन दिने सकिने नियम थियो । गठबन्धन सरकारका उपप्रधानमन्त्री इग्लेसियसका अनुसार आउने वर्षदेखि आप्रवासी सम्बन्धी नयाँ परिवर्तन गरिने छ । योसँगै आप्रवासीका कारण स्पनिश जनताको बेरोजगार भए भन्ने समस्या अन्त्य हुने उनले बताए । साथै उनका अनुसार पासपोर्टबाट इम्पाद्रोनामिएन्तो गरेका सबै आप्रवासीको विवरण खारेज गरिने छ । यसअघि निशुल्क स्वास्थ्य सुविधा लिन पासपोर्टबाट हेल्थ कार्ड ( तारखेता सानीतारिआ) बनाउन बन्देज जस्तै इम्पाद्रोनामिएन्तो गर्न दिने व्यवस्थ हटाइने छ ।

गत महिना गठबन्धन सरकारका प्रधानमन्त्री पेद्रो सान्चेसले संसदमा आर्राइगो सोसियल खारेज लगायत कानुनी रुपमा आप्रवासी नियममा सुधार गर्ने बताएका थिए । कोरोना संक्रमण नियन्त्रणसँगै सरकारले आप्रवासी माथि कडाई गरिने उनले उल्लेख गरेका थिए ।
उता आप्रवासी माथि कडाई गर्ने तयारी गरेसँगै स्पेनमा तीन वर्षमा कार्ड बनाउन गैरकानूनी रुपमा बसेका नेपालीहरु समस्यामा परेका छन् । कोरोना संक्रमण बढेको बेलामा पनि सयौ नेपालीहरु धमाधम पोर्चुगल जान शुरु गरेका छन् । कागजात बनाउन सजिलो मुलुकमध्ये पोर्चुगल एक हो । यहाँ प्रकृया पुगेको एक वर्षमा अस्थायी रेसीडेन्सी कार्ड बनाउन सकिन्छ ।


जर्मनीको भिसा लगाई दुई वर्ष अगाडि स्पेनको बार्सिलोनामा आएर बसेकी पुनम लामा पोर्तुगलको राजधानी लिस्बनमा पुगेकी छिन्। उनले भनिन्; स्पेनमा कामको समस्या त्यो माथि कागज बन्ने, नबन्ने कुनै ग्यारेन्टी छैन्, लाखौं लाख स्पनिशहरु नै वेरोजगार छन्, कार्ड बनाउन बन्द गर्ने हल्ला भएर लिस्बनमा चिनेजानेकोमा आएकी हुँ । यहाँ प्रक्रिया शुरु भएको छ । पहिले नै आउन पर्ने थियो, दुई वर्ष समय खेर गयो । यहाँ आउँदा लागेको ऋण छ, मेरो पुर्व श्रीमानलाई नै १२ लाख बुझाएर भिसा लगाइएकी थिए । भिसा लिन धेरै दु:ख पाए, भिसा लगाउन सजिलो छैन् त्यो माथि यहाँ कार्ड बनाउन समस्या छ ।


यस्तै सात वर्षदेखि बार्सिलोनामा परिवार सहित बस्दै आएका विनोद गिरी भन्छन्; पछील्लो समय स्पेनमा धेरै नेपाली आएको छ । कामको समस्या छ । सरकारले ३ वर्षे आर्राइगो कार्ड दिने सिस्टम पहिले नै हटाउने भनेको थियो, अब त झन यस्तो अवस्था छ बन्द गराउने नयाँ कुरो भएन् । हाम्रो नेपालमा वेरोजगार, आर्थिक समस्याका कारण विभिन्न माध्यमबाट युरोपमा आउने शत प्रतिशत नेपालीहरुले १४, १५ लाखसम्म खर्च गरेर आएका छन् । ठुलो रकम खर्च गरेर आउन्छन्, यहाँ कार्ड बनाउन समस्या छ त्यो माथि भने जस्तो काम पाईदैन । अब २,४ वर्ष निकै गार्हो छ युरोपमा कामको, गिरीले बताए ।


कोरोना भाइरसको महामारी कारण स्पेनमा आर्थिक मन्दी र बेरोजगारी दर बढेको छ । हाल स्पेनमा बेरोजगारी दर ३३ लाख ६८ हजार अर्थात १५,३३ प्रतिशत रहेको छ ।स्पेनको तेस्रो ठुलो आप्रवासी र इस्लाम विरोधी दक्षिणपन्थी वोक्स पार्टीले अवैध आप्रवासी देश निकाला गर्ने, आर्राइगो बन्द गराउने, कट्टरपन्थी मस्जिदहरू बन्द गराउने लगायतका कडा मुद्दाहरु संसदमा उठाउदै आएको छ । साथै वोक्स पार्टीले कानुनी रुपमा बसेका आप्रवासीले कुनै अपराध गरेको छ भने पनि देश निकाला गर्नुपर्ने लगायतका कयौ आप्रवासी विरोधी मुद्दा सारेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणले स्पेनमा पनि भयावह अवस्था सिर्जना गरेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ८ लाख ५२ हजार बढी पुगेको छ । भने कोरोनाका कारण मृत्‍यु हुनेको संख्या ३२ हजार २ सय बढी रहेको छ ।
युरोपमा सबैभन्दा ठूलो अर्थतन्त्र भएका पाँच देशहरु फ्रान्स, जर्मनी, इटाली, स्पेन र बेलायत हुन् । कोरोना भाइरसका कारण स्पेन आर्थिक मन्दीको चपेटामा परेको छ । स्पेनको अर्थव्यवस्थामा अन्य देशको तुलनामा निकै गिरावट आएको छ। स्पेनमा निर्यात, लगानी र उपभोक्ताको खर्चमा तीव्र गिरावट आएको छ। तथ्यांकअनुसार पछिल्लो महिना स्पेनको अर्थव्यवस्थाका लागि सबैभन्दा खराब समय रहेको देखिन्छ । स्पेनको जीडीपीमा पनि निरन्तर गिरावट देखिएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...