Saturday 24th October 2020

७ महिनादेखि युएईमा अलपत्र १५ नेपालीको उद्धार


तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित ७ महिनादेखि अलपत्र परेका १७ नेपालीमध्ये १५ जना नेपालीको उद्धार गरी स्वदेश फर्काउने तयारी गरिएको छ।

उनीहरुको पिसीआरसमेत परीक्षण भइसकेको र केही दिनमै स्वदेश फर्काइने एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले बताए।

२ वर्षको करार अवधिका लागि युएई पुगेका उनीहरुलाई कोरोनाको कारण देखाउँदै कम्पनीले करार अवधि अगावै भिसा रद्ध गरी एक्जिट भिसा लगाइदिएको थियो। तर आफूसँग टिकट काट्ने पैसा नहुँदा उनीहरु स्वदेश फर्कन पाएका थिएनन्।

कम्पनीले कामबाट निकालेर खानसमेत नदिएपछि समस्यामा परेका उनीहरुलाई केही महिनादेखि एनआरएनए युएईले खाद्यान्न सहयोग गर्दै आएको थियो। एनआरएनए युएई तथा विभिन्न व्यक्ति र संघसंस्थाको पहलमा समस्यामा परेका १७ जनालाई स्वदेश फर्काउन गत १० अगस्टका लागि टिकट समेत काटिसकिएको थियो।

साभार नेपाललाइभबाट


Loading...
सम्बन्धित शीर्षकहरु

जनता समाजवादी  पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई तथा नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ । भट्टराईले सामाजिक सञ्जालमार्फत…

काठमाडौं - शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले…

दंष्ट्राकरालवदने शिरोमालाविभूषणे । चामुण्डे मुण्डमथने नारायणि नमोऽस्तु ते ।। या देवी सर्वभूतेषु दयारूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।…

प्रतिकृयाहरू