Monday 23rd March 2026

चीनले केरुङको नेपाली भूभागमै सामान ल्याइदिने


आइतबारदेखि चीनले रसुवागढी नाकाको नेपाली भूमिमै सामान ल्याइदिने भएको छ । यसअघि चीनले रसुवागढी नाकाको मितेरीपुलको बीचमा सामान झारिदिने गरेको थियो । नेपाली पक्षले रसुवागढी नाकाको सय मिटरमा रेखांकनलगायत व्यवस्थापन कार्य सम्पन्न गरेकाले नेपाली भूभागमै सामान ल्याइदिने चिनियाँ पक्षले बताएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए ।

‘१० मिटरबराबर गाडी राख्ने ठाउँलाई एउटा रङले रेखांकन गरिएको छ भने सामान झार्ने ठाउँमा अर्को रङले रेखांकन गरिएको छ, त्यसैगरी, चिनियाँ गाडी आएर बस्ने ठाउँमा अर्को रङले रेखांकन गरिएको छ, नेपाली गाडी बस्ने ठाउँ रेखांकन गरिएको छ,’ उनले भने, ‘चिनियाँ गाडी आफ्नै ठाउँमा बस्छ, नेपाली गाडी नेपाली साइटमा बसेर लोड गर्छ ।’

चिनियाँ पक्षले एकपटकमा ल्याएको पाँच गाडी सामान झारेर फर्किएपछि नेपाली कन्टेनर र कामदारले सामान लोड गर्छन् । सामान लोड गरिसकेपछि पुनः चिनियाँ पक्ष सोही स्थानमा आएर डिसइन्फेक्सन गर्छन् र पुनः चिनियाँ पाँचवटा सवारीमा सामान ल्याएर झार्छन् । चिनियाँ एउटा सवारीमा आएको सामान नेपाली दुईवटा सवारीमा राखिँदै आएको छ ।

भन्सार प्रमुख खड्काले भने, ‘चिनियाँ पक्षले सामान अनलोड गर्दा त्यो एरिया आइसोलेटेड एरिया हुन्छ, त्यहाँ नेपाली कोही हुँदैनन् । उनीहरू फर्किएपछि मात्र हाम्रो तर्फबाट सामान लोड हुन्छ, हाम्रो सामान लोड भइसकेपछि पुनः उनीहरूले डिसइन्फेक्सन गर्नेछन् ।’

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...