Monday 23rd March 2026

विश्वमा कोरोनाबाट मर्नेको संख्या १० लाख पार


कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको शोधकर्ताहरूले जनाएका छन्। उनीहरूले अझै धेरै क्षेत्रमा संक्रमण तीब्र गतिमा फैलिरहेको जनाएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमेकामध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन्।विज्ञहरूले वास्तविक संख्या अझ यो भन्दा धेरै हुनसक्ने अनुमान गरेका छन्। कोरोनाको पहिलो संक्रमण झण्डै १० महिना अगाडि चीनको वुहानबाट सुरू भएको थियो। त्यसयता यो महामारी विश्वका १ सय ८८ वटा मुलुकमा फैलिसकेको छ। हालसम्म विश्वका ३ करोड २० लाख बढी मानिसलाई भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउन लगायतका सुरक्षात्मक सावधानीले विश्वका धेरै मुलुकले आर्थिक मन्दीको सामना गर्नुपरेको छ।यसैगरी यसका विरूद्ध खोप निर्माणका कामहरू चलिरहेको भएपनि ठोस नतिजा आएको छैन। चार वटा खोपहरूको परीक्षण तेश्रो चरणमा पुगेको भएपनि पूर्णरूपमा यी खोपहरू आमप्रयोगका लागि कहिलेसम्म बनिसक्छन् भन्ने एकिन भइसकेको छैन्।विश्व स्वास्थ्य संगठनले खोप तयार हुनेबेलासम्म विश्वमा २ लाख मानिसले संक्रमणका कारण ज्याउन गुमाइसक्ने चेतावनी दिएको छ।

कोरोनाका कारण विश्वमा अमेरिका, ब्राजिल र भारत सबैभन्दा धेरै प्रभावित बनेका छन्। विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः ब्राजिल र भारतमा भएको छ। अमेरिकामा हालसम्म २ लाख ५ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने ब्राजिल र भारतमा क्रमशः १ लाख ४१ हजार ७ सय र ९५ हजार ५ सय जनाको मृत्यु भइसकेको छ।अमेरिकामा अहिलेसम्म धेरै संक्रमित प्रमाणित भएपनि पछिल्लो समय संक्रमण फैलिने क्रम भारतमा सबैभन्दा धेरै छ।

लकडाउनलाई विभिन्न चरणमा गरेर निक्कै खुकुलो बनाएका कारण भारतमा संक्रमण अझ बढ्नेसक्ने अनुमान विज्ञहरूको छ।अमेरिकामा अगस्ट महिनामा संक्रमणदर घटेको भएपनि त्यो हाल पुनः बढ्न थालेको छ। जुलाई महिनामा त्यहाँ संक्रमणको दोश्रो लहर सुरू भएको  थियो।तीब्र गतिमा संक्रमण फैलिरहेको भनिएको भारतमा पछिल्ला दिनहरूमा एकैदिन ९० हजार सम्म संक्रमित फेला परेका थिए।

भारतमा हालसम्म ६० लाख मानिसमा यसको संक्रमण पुष्टि भइसकेको छ। यो विश्वकै दोश्रो धेरै संक्रमित भएको मुलुक हो। पहिलो नम्बरमा अमेरिका रहेको छ।संक्रमण तीव्र गतिमा फैलिएको भएपनि भारतमा सोका कारण हुने मृत्यु जनसंख्याका आधारमा अन्यत्रभन्दा कम छ।यस्तै धेरै संक्रमित भएको ल्याटिन अमेरिकी देश ब्राजिलामा ४७ लाख बढी मानिस संक्रमित बनिसकेका छन्, जुन विश्वमा तेश्रो धेरै हो।यसैगरी त्यसपछि यो क्षेत्रमा धेरै संक्रमित हुने दर अर्जेन्टिनामा छ। त्यहाँ हालसम्म ७ लाख मानिस संक्रमित भइसकेका छन्। कोरोनाका कारण हुने मृत्युलाई तय गर्ने कारण मुलुकपिच्छे फरक हुनाले र परीक्षण संख्याका कारण कोरोना संक्रमण र सोका कारण हुने मृत्यु वास्तविक तथ्यांक भनिएभन्दा धेरै हुनसक्ने विज्ञहरूले बताउँदै आएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...