Tuesday 21st July 2026

कुबेतमा नेपाली रक्तदाता संघ गठन, अध्यक्षमा रुपेन हमाल


तितोपाटी-नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ कुवेत स्थापना भएको छ । कोरोनाको बर्तमान अवस्थामा केन्द्र सँग समन्वय गरि केही समय यता आन्तरिक  तयारीमा रहेको कुवेत शाखा शुक्रबार देखि आधिकारिक रुपमा घोषणा  भएको हो ।

कुवेतको नेपाली समाजमा परिचित ब्यक्तित्वहरु  सामेल  सस्थाको नेतृत्व समाजसेवी रुपेन हमालले गर्ने भएकाछन भने उपाध्यक्षमा जयनारायण थारु र राज मल्ल ठकुरी रहेकाछन । त्यसैगरी सचिबमा गुलाम नबी मनसुर,सह-सचिबमा गङ्गा सुबेदी र कोषाध्यक्षमा दिपेन्द्र खाण्ड चयन भएकाछन । मिडिया प्रमुखमा युग लामा सँगै सदस्यहरुमा – सन्जय बास्कोटा,दुर्गा ढकाल,दिपा राना मगर र अमित गौतम रहेकाछन । तत्कालको लागि ११ सदस्य कार्यसमिति चयन गरेको कुवेत शाखाले छिट्टै समिति बिस्तारमा लाग्ने जनाएको छ ।

समितिको चयन zoom( भर्चुअल )बैठक द्वरा भएको थियो भने बैठकको अध्यक्षतामा अन्तर्राष्ट्रिय रक्तदाता सङ्घका अध्यक्ष श्री अजय सत्यालले गर्नु भएको थियो भने बैठक संचालन सस्थाका केन्द्रिय महसचिव श्री राहुल रेग्मीले गर्नु भएको थियो बैठकमा उपाध्यक्ष एभरेस्ट गौतम , उपाध्यक्ष बिनोद भट्टराई , कुवेत प्रतिनिधि डम्बर रिमाल तथा सस्थाका अन्य केन्द्रिय पदाधिकारी उपस्थित भएका थिए !

सन २०१४ यता कुवेतदेखि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) का सकृय सदस्य डम्बर प्रसाद रिमालक‍ो विशेष पहलमा गठित कुवेत शाखाले स्थानीय स्तरमा रक्तदानको क्षेत्रमा नया आयाम सुरुवात गर्ने विस्वास गरिएक‍ोछ । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आईएनबीडीए) सन २०१४ मा अमेरिकाको कानुन अनुसार बिधिबत दर्ता भई स्थापना गरिएको एक गैर धार्मिक, गैर राजनीतिक र गैर नाफामुखी संस्था हो जसले विश्व का २५ भन्दा बढी देशहरूमा आफ्नो संजाल फैलाएको छ ।

यस संस्थाको मुख्य उद्देश्य भनेको विश्वमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्नु; नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय समितिहरू स्थापना गर्न सहयोग पुर्याउने; रक्तदानको महत्वका बारे चेतना जगाउने; नियमित रक्तदाताहरुको संख्या बढाउन सहयोग गर्ने र नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई सहयोग पुर्याउने विभिन्न एजेन्सीहरुको सहयोगमा नेपाली समुदायहरूको सेवा गर्ने हो ।

नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने बृहत् उद्देश्य लिई स्वयंमसेवि रक्तदान अभियानमा समर्पित ब्यक्ती तथा संस्थाहरु संग एकबद्ध हुँदै रक्तदान सम्बन्धि उत्प्रेरणा, बहस पैरवी लगायत बिशेषत: रक्तदान कार्यक्रम संचालनमा सहकार्य गर्ने गराउने उद्देश्य यस संस्थाले लिएको छ । अन्तराष्ट्रिय नेपाली रक्तदाता संघले बिभिन्न देशमा आफ्नो भगिनी संस्था का रुपमा नेपाली रक्तदाता संघ स्थापना गर्दै आईरहेको छ । हाल सम्म नेपाली रक्तदाता संघ नेपाल, भारत, फ्रान्स, युएई, कतार, युके, कुवेत ,अष्ट्रेलियामा स्थापना गरी सकेको छ भने क्यानडा, जपान, इटली लगयात का देशहरुमा स्थापनाको तयारिमा रहेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको छ।…

संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।…

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

प्रतिकृयाहरू
...