Wednesday 10th September 2025

काठमाडाैँमा भूकम्पको ठुलो धक्का महशुष


तितोपाटी – काठमाडौं उपत्यकामा बुधबार बिहान भूकम्पको ठुलो धक्का महशुष गरिएको छ । भुकम्पले विस्तारामा पल्टीरहेकालाइ नराम्ररी हल्लाएको छ। अहिले बिहान पाँच बजेर १९ मिनेट जाँदा करिब ४२ सेकेण्ड काठमाडौँ उपत्यका जोडले हल्लिने गरी भूकम्प गएको हो।

बिहानै ठूलो भूकम्पको धक्का महसुस भएपछि जनजीवन त्रसित बनेको छ । भुकम्पको ठुलो धक्का महशुष गरिए पछि मानिसहरू कराउँदै घर बाहिर निस्किएका थिए । काठमाडौं ब्युझाउने गरी गएको भूकम्पको क्षमता भने ५.३ म्याग्नेच्युड मात्र रहेको अमेरिकन जियोलोजिकल सर्भे(USGS) ले जनाएको छ। सिन्धुपाल्चोकको कोदारी देखि ११ किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भइ १० किलोमिटर गहिराइबाट भुकम्प गएको तथा यसबाट नेपाल तथा चीनको स्वशासित क्षेत्र तिव्वतमा असर परेको USGS ले जनाएको छ ।

 

त्यसै गरि राष्ट्रिय भूकम्प मापन केन्द्रले सो भूकम्प ६ रेक्टर स्केल मापन गरेको जनाएको छ भने भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको उक्त भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।


सम्बन्धित शीर्षकहरु

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको…

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

प्रतिकृयाहरू
...