Tuesday 17th March 2026

काठमाडाैँमा भूकम्पको ठुलो धक्का महशुष


तितोपाटी – काठमाडौं उपत्यकामा बुधबार बिहान भूकम्पको ठुलो धक्का महशुष गरिएको छ । भुकम्पले विस्तारामा पल्टीरहेकालाइ नराम्ररी हल्लाएको छ। अहिले बिहान पाँच बजेर १९ मिनेट जाँदा करिब ४२ सेकेण्ड काठमाडौँ उपत्यका जोडले हल्लिने गरी भूकम्प गएको हो।

बिहानै ठूलो भूकम्पको धक्का महसुस भएपछि जनजीवन त्रसित बनेको छ । भुकम्पको ठुलो धक्का महशुष गरिए पछि मानिसहरू कराउँदै घर बाहिर निस्किएका थिए । काठमाडौं ब्युझाउने गरी गएको भूकम्पको क्षमता भने ५.३ म्याग्नेच्युड मात्र रहेको अमेरिकन जियोलोजिकल सर्भे(USGS) ले जनाएको छ। सिन्धुपाल्चोकको कोदारी देखि ११ किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भइ १० किलोमिटर गहिराइबाट भुकम्प गएको तथा यसबाट नेपाल तथा चीनको स्वशासित क्षेत्र तिव्वतमा असर परेको USGS ले जनाएको छ ।

 

त्यसै गरि राष्ट्रिय भूकम्प मापन केन्द्रले सो भूकम्प ६ रेक्टर स्केल मापन गरेको जनाएको छ भने भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको उक्त भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...