Friday 11th July 2025

जरीवाना तिर्न नसकेका ७० नेपाली यूएई विमानस्थलमा रोकिए


तितोपाटी- यूएईबाट नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कन टिकट काटेका ७० जना जरिवाना तिर्न नसक्दा विमानस्थलमै रोकिएका छन् ।
भिसाको करार अवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टेबापतको जरिमाना तिर्न नसक्दा टिकट काटेर स्वदेश फर्कन विमानस्थल प्रवेश गरेका ७० जना रोकिएकाे नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।
टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका नेपालीहरू यूएईको अध्यागमनमा जरिवानाबापतको रकम बुझाउन नसक्दा विमानस्थलमै रोकिने गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण समय अवधिभित्र स्वदेश फर्कन भिसा सकिएपछि जति दिन बसेको हो, त्यसअनुसार प्रत्येक दिनबापतको जरिमाना तिर्न नसक्दा उनीहरू रोकिएका हुन् । तर, जरिवाना तिर्न सक्दा कति नेपाली फर्कन पाएका छैनन् भने फर्कनेहरूमा पनि धेरैजसो जरिवाना तिरेरै फर्कने गरेको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

यूएईले मार्चभन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना मिनाह गरिदिएपछि त्यसपछि भिसाको अवधि सकिएका र समय अवधिभित्र स्वदेश नफर्कनेलाई जरिमाना लिन थालेको छ ।
१६ भदौदेखि यूएईबाट नियमित उडान खुलेपछि कोरोनाका कारण समस्यामा परेका नेपाली स्वदेश फर्कन थालेका छन् । यूएईबाट हिमालय एयरलाइन्स, फ्लाई दुबई र एयर अरेबियाले पनि उडान भरिरहेका छन् ।-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...