Friday 11th September 2026

राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने


नेपाली राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन् २०१९ को पाउन बाँकी तलबमा १० हजार बढाएर दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सहमत भएको हो। यसअघि क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम आइसिसीलाई पठाएको थियो। क्यानले यसअघि पाउँदै आएको तलबमा १० हजार बढाउन पनि प्रस्ताव गरेको थियो।सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको थियो। आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेणीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको थियो।

अब ‘ए’ श्रेणीको मासिक ४५ हजार, ‘बी’ श्रेणीको ३५ हजार र ‘सी’ श्रेणीको २५ हजार तलब पुगेको छ। यो तलब आइसिसीले पठाउन प्रक्रिया सुरु गरेको छ। २०१९ मा क्यान निलम्बनको अवस्थामा रहेको हुनाले सो अवधिको तलब आइसिसीले प्रदान गर्नेछ।त्यसका लागि क्यानले तलब पाउने सबै क्रिकेटसँग एक वर्षको सम्झौता गरेर आइसिसीलाई कागजात पठाएको थियो।

यसअघि आइसिसीले २०७५ माघमा २१ जना राष्ट्रिय क्रिकेटरलाई सन् २०१७ र १८ को तलब उपलब्ध गराएको थियो। यसपटक २२ जना क्रिकेटरको नाम पठाउनु भनेकोले क्यानले राजु रिजालको नाम थप गरेर पठाइएको हो। सन् २०२० को तलब भने क्यानले नै दिनेछ। त्यसका लागि क्यानले पुरुष र महिला क्रिकेटरसँग छिट्टै सम्झौता गर्ने जनाएको छ। सन् २०१९ मा खेलेका खेलाडी मात्र नयाँ श्रेणीमा परेका छन्। यसअघि श्रेणीमा परेका खेलाडीको नाम हटाइएको छ।

श्रेणीको ड्राफ्टअनुसार पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ए श्रेणीमा छन्। यस्तै करण केसी र विनोद भण्डारीको नाम पनि श्रेणीमा थप गरिएको छ। जससँगै यो श्रेणीमा ९ जना खेलाडी पुगेका छन्। बी श्रेणीमा आरिफ शेख, रोहित पौडेल, ललितनारायण राजवंशी, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोरा सहित ७ जना छन्।यस्तै सी श्रेणीमा ६ जना छन्। प्रदीप ऐरी, राजु रिजाल, कुशल भुर्तेल, रसिद खान, इशान पाण्डे र कुशल मल्ल सी श्रेणीमा छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...