Sunday 29th March 2026

आज हरितालिका तिज, व्रत उपासना गरेर मनाइंदै


तितोपाटी – भाद्र शुक्ल तृतीयाका दिन आज हिन्दू नारीले उल्लासका साथ हरितालिका तीज पर्व मनाउँदै छन् । पाैराणिक कथाको अनुसार पर्वतराज हिमालय पुत्री पार्वतीले शक्तिसम्पन्न शिवजीलाई वर पाउन निराहार बसी गरेको तपस्या सफल भएपछि योग्य वर पाएकी थिइन् । त्यसपछि यो पर्व मनाउने चलन बसेको हो ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । परापुर्व काल देखि नै यो व्रत गर्ने महिलाहरूले मात्रै बस्दै आएको भए पनि नारी पुरूष दुबैले व्रत बस्न सकिने र पुरूषले व्रत बसे पुरूष विधुर हुनु नपर्ने, नारीले व्रत बसे अटल सौभाग्य र अविाहित केटा केटीले व्रत बसे गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

आजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्दछ तर यस वर्ष भने विश्वव्यापी महामारी कोभिड – 19 को कारण चाैतर्फी स्वास्थ्य सतर्कता अपनाउन पर्ने भएकोले स्वास्थ्य सुरक्षालाइ ध्यानमा राखी पशुपतिनाथ मन्दिर लगायत मठ मन्दिरहरू खुला रहेका छैनन् ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...