Saturday 21st March 2026

अछाममा खोलाले बजार नै बगायो, ६ जनाको शब फेला पर्यो, अरू दर्जनाै बेपत्ता


अछामको कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने सैनी बजार बगाउँदा दर्जनाै स्थानीय बेपत्ता भएका छन्। अहिले सम्म ६ जनाको शब फेला परेको छ मृतकहरूको सनाखत भइसकेको छैन ।  कैलाश खोलाको बाढीले पुल नै भत्काएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका-३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।

बाढीले सिंगो बजार नै बगाए पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । खोला छेउमा रहेको पुरै बजार बगाए पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् ।

बाढीले सैनीबजारलाइ बगरमा परिणत गराएको छ भने खालबजार, मुजाबगर,  गजड, अल्लेडी लगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।

-कान्तिपुरबाट

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...