Monday 26th January 2026

राष्ट्रकवि माधबप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन


तितोपाटी – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा अाज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । पारीवारिक श्रोतका अनुसार घिमिरेको लैनचौर स्थित निवासमा निधन भएको हो । स्वास प्रस्वास सम्बन्धी समस्याबाट पीडित घिमिरेको केहि समयदेखि घरमा नै उपचार भइरहेको थियो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

मालती मङ्गले(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका निकै चर्चित कृतिहरू दिएका साहित्यकार घिमिरेलाइ सरकारले २०६० साल असोज ९ गते राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

नेपाली साहित्याकासमा चम्किला नक्षत्रको रूपमा चिनिएका र साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ ‘फूलको थुङ्गा बगेर गयो’ तथा ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।


सम्बन्धित शीर्षकहरु

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

प्रतिकृयाहरू
...