Monday 23rd March 2026

युएइको शारजाहमा धारिलो हतियार प्रयोग गरी २ नेपालीको हत्या


तितोपाटी – युएइको शारजाह शहरमामा २ जना नेपाली युवाको निर्ममतापुर्वक हत्या भएको छ । शारजाह स्थित शारकान आवासीय क्षेत्रमा यहि अगष्ट ८ तारिक अनुहार, घाँटी, छाती र पेटमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अबस्थामा २ वटा शबहरू फेला परेकाे र दुबै शब नेपालीको भएको प्रहरीलाइ उधृत गर्दै   गल्फ न्यूजले  समाचार प्रकाशित गरेको छ ।

हत्या कस्ले गरेको हो र के उद्देश्यले गरेको हो? भन्ने विषयमा प्रहरीले अनुशन्धान गरिरहेको छ भने मृतकहरूको बारेमा प्रहरीले संक्षिप्त नाम मात्र सार्वजनिक गरेको छ जसमा मृतकहरु २६ वर्षका के.जे. र ३७ वर्षका एम.आर. दुवै नेपाली नागरिक भएको जनाइएको छ ।

प्रहरीका अनुसार अगष्ट ८ का दिन बेलुकी ७ बजेतिर शवबारे जानकारी दिन फोन आएको थियो । प्रहरी आउँदा शवलाई घेरेर ठूलो भिड उभिएको थियो ।हत्याको कारण अहिलेसम्म नखुले पनि मृत्युको कारण यकिन गर्न शवलाई फरेन्सिक ल्याबमा अटोप्सीका लागि पठाएको छ । यो हत्याको अनुसन्धान अल गरब प्रहरीले गरिरहेको छ भने घटनास्थलमा उपस्थित भएका र शब देखेका मानिसहरूलाइ प्रहरीले सोधपुछका लागि बोलाए पनि अहिले सम्म कसैलाइ पनि पक्राउ गरिएको छैन ।

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...