Tuesday 5th May 2026

कालीमाटीको आइसक्रिम दोकानको कामदार देखि फ्रान्सको पाँचतारे होटलको पेस्ट्री सेफ सम्म सरोज थापा


आर.बि.बुढाथोकी-काठमाण्डौं

कुनै जमान त्यस्तो पनि थियो जुन समयमा नेपालमा खाना पकाउने भान्सेको कुनै इज्जत थिएन । केटी माग्न जादा छोरी दिन सम्म हिजकिचाउँथे । तर अहिले समयले कोल्टे फेरेको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुले होटल इन्डस्ट्रीमा पनि राम्रो पद र तह सम्हालेर दक्ष्यता देखाएका धेरै उधाहरण देखिन थाले पछि यसको महत्व नेपालमा पनि बढेको छ । नेपालका अधिकाम्स पाचतारे होटलहरुमा अहिले बिदेशी हेड सेफले सम्हाएकोमा बिस्तारै नेपालीको हातमा सुम्पन्न थालिएको छ । बैदेशिक रोजगारमा बिभिन्न तह तप्कामा महत्वपूर्ण जिम्मेवारी सम्हालेर मातृभूमीमा फर्केका सालीन ब्यक्तित्व हुन सरोज थापा ।कालीमाटीको आइस क्रिम दोकानको कामदार देखी फ्रान्सको पाचतारे होटलको पेस्ट्री सेफ सम्मको यात्रामा उनले अनेकन उतार चढाब पार गरेका छन । कलेजको समयमा खर्चका लागि कालिमाटीको आइसक्रिम दोकानमा काम शुरु गरेका थापाको यात्रा मध्यपुर्ब र युरोप गरी दर्जनौ पाच तारे होटलको पेस्ट्री सेफको रुपमा जिम्मेवारी सम्हाल्दै नेपाल यात्राा तय भएको छ ।

सयुत्त अरब इमिरेट्सको पाच तारे होटलमा एक जिम्बेवार पद पेस्ट्री सेफ जस्तो गरिमामय पद सम्हालेका थापा आजको दिनमा नेपालमा छन । एउटा नेपालीको छोरोले बिदेशी भुमिमा सम्हालेको यती उच्च जिम्मेवारीलाई सबैले खुलेर प्रसम्सा गरेका छन । यती उच्च तहमा रहेर काम गर्ने नेपालीहरु बिदेशी भुमिमा औंलामा गन्न सकिन्छ । दर्जनौ पाचतारे होटलमा गहन जिम्मेवारी सम्हाली सकेका यि युबा सेफ अबका बाँकी दिन नेपाली भुमिमा रहेर आफुले सिकेको ज्ञान र दक्षता आफ्ना चेलाहरुलाई सम्पने र भाबी पुस्तामा राम्रा पेस्ट्री सेफ उत्पादन गर्ने उनको सोच छ । उनको मातहतमा रहेर काम गरेका कयौ नेपाली सेफहरुले नेपाल र बिदेशी भुमिमा समेत गहन जिम्मेवारी सम्हालीरहेका छन । उनको सबै भन्दा ठुलो सन्तुस्टी भनेकै यही हो । आगामी दिनमा नयाँ प्रबिधीका साथ बिदेशी भुमिको स्तर नेपालमा भित्र्याउने र नेपाल मै बसेर दक्ष्य सेफहरु उत्पादन गर्ने उनको ठुलो मनसाय छ ।

नेपालमा पाच तारे होटल उलेख्य रुपमा खोलिन थाले पछी उनी जस्ता दक्ष्य पेस्ट्री सेफको ठुलो अबश्यता पर्ने हुन्छ । आफ्नो क्यारिएर जिबनको अधिकाम्स समय बिदेशी भुमिमा बितेका कारण नेपालको अहिलेको अबस्थामा भने अनबिज्ञ छन । नेपालको होटल इन्डस्ट्रिमा दक्ष्य जनशक्ती अभाबका कारण नयाँ खुलेका तारे होटलहरुले भारत तथा अन्य मुलुकबाट मटो तलब सुबिधा दिएर काम लगाएका छन । नजिकको देबता हेला भने झै सेफ सरोज थापा जस्ता ब्यक्तीलाई अबसर नपाउनु भनेको हामिले हिरालाई चिन्न नसक्नु हो । पराइ मुलुकले ससम्मान पटक पटक सम्पूर्ण सुबिधा दिएर बोलाँउदा पनि अबको बाँकी जिबन आफ्नै मातृभूमीका लागि खर्चने हुनको आदर्श भाब छ । मैले सिकेको ज्ञान र दक्षता सयौ मुलुकका कामदारलाई सिकाएर उनिहरु आ आफ्नो ठाउमा सक्ष्य भए र आफ्नो भबिस्य उज्वल बनाए अब तर मेरा नेपाली चेलाहरु धेरै कम भए मैले अबका दिनमा नेपाली भुमीलाई खर्चनु पर्छ । उनले एक भेटमा आफ्नो योजनाका बारेमा ब्यक्त गरे । यो कोरनाको पेन्डामिक समयमा होटल इन्डस्ट्रीलाई केही गार्हो सार्हो परेको छ यो समय हामी संयम हुन जरुरी छ, समय अनुकुल हुनासाथ फेरी हामी पहिला कै स्थितीमा फर्कन सक्छौ साथै नेपाल देश भने कै पर्यटनका लागि बनेको देश हो हाम्रो र हाम्रो भाबी पुस्ताका लागि भबिस्य उज्वल र सुरक्षित छ उनले थपे ।

पेस्ट्रीका अब्बल ब्यक्तित्व सेफ सरोज थापाको जन्म २०४३ साल पुष ३ गते त्रिपुरा सुन्दरी गाउ पालिका धार्दिङ तल्लो पोखरा भन्ने ठाउमा भएको थियो । पिता नारायण थापा र माता चिनी कुमारीको कोखबाट चार दिदी बहिनी पछी जन्मेका परिवारका एक मात्र छोरा हुनाले पनि सानै देखी जिम्मेवारीको बोध थियो । पिता नेपाल आर्मीमा जागिरे र माता गृहनी हुँदा उहाको पारिवारिक अवस्था पनि मध्यम खालको थियो । २०५४ सालमा गाउ कै श्री महेन्द्रदय हाइ स्कुलबाट एस एल सि गरेर उच्च शिक्षाका लागि राजधानी छिरेका थिए । उनले क्यापस जिबनमा पनि काम गरेर नै आँफै खर्च जुटाएर सरस्वती क्याम्पसबाट आइ कम सम्म अध्ययन गरे र निजिकका दाई (साहिलो बुवाको छोरा) रण बहादुर थापाको सहायतामा नेपालको एक मात्र होटल म्यानेजमेन्ट कलेज न्याथममा अध्ययन गर्ने अबसर पाए र इन्टनका लागि लाजिम्पाटको साङ्रिला होटलमा अबसर पाए । होटल साङ्रिलामा इन्टन गर्ने क्रममा एक फ्रान्सेली पहुनाले उहाको कार्य दक्षता देखेर निकै प्रसम्सा गरे र तुरुन्त उनलाई मानब संसाधन बिभागले बोलाएर अब देखी स्थायी स्टाबको रुपमा नियुक्ती दिएकोमा उहा आफ्नो जिबनको र क्यारिएर एक महत्वपूर्ण टर्निङ पोइट सम्झनु हुन्छ । युरोप अमेरिका या अस्ट्रेलिया तिर एक दश्य सेफलाई डाक्टर इन्जीनियरको दर्जा सहित मान सम्मान मात्र होइन सेवा सुबिधा समेत उपल्ध गराएको हुन्छ तर नेपालमा यो अबस्था छैन तर पनि ढिलै भए पनि क्रमिक रुपमा सेफहरुको महत्व बुझ्न थालिएको छ । यो हाम्रा लागि खुशीको कुरा हो ।

यसरी उनले एक्कासी यती राम्रो होटलमा स्थायी रुपमा काम गर्ने मौका पाए पछी केही समय त्यही रहेर सेवा दिए र उनै दाई रण बहादुर थापाको सहायताले पहिलो पटक बैदेशिक रोजगारीको रुपमा सयाम्स होटल आबुदाबीमा जानु भयो । यो होटलबाट शुरु भएको उहाको बैदेशिक रोजगारीको यात्रा अहिले सम्म निरन्तर रह्यो र उहाको सालिनता,दक्षता,इमानदारी र दक्ष लिडरसिपका कारण दर्जन भन्दा ज्यादा पाचतारे होटल र आबुदाबी देखी युरोपका फ्रान्स लगायत कयौ तारे होटलहरुमा आफ्नो दक्षता देखाउने अबसर पाए । यो पेशामा उनका दर्जनौ गोल्ड मेडल र प्रमाण पत्रले अहिले कलन्कीको आफ्नो घरको कोठा सजिएका छन । यती सानो उमेरमा यती धेरै हद सम्मको उपलब्द्दी हासिल गर्ने नेपाली बिदेशी भुमिमा कमै होलान । उनको दक्षतालाई कदर गर्दै बिस्वका बिभिन्न देशले उनलाई सम्मान गर्दै उनिहरुको पेशागत सस्थामा आजिबन सदस्यता दिलाएका छन जसका कारण उनी हरेक बर्ष युरोपका देशहरु जानै पर्ने हुन्छ । उनले यो सफलता चुम्नुमा जिबन सङगिनी बुनु खड्काको पनि बिशेष हात छ । उनका हरेक सफतामा उत्साह र उमङग जगाउने उनको जिबन साथी बुनुले हरेक पल पलको खबर राख्छिन र अबश्यता परेका बेला हरेक तबरबाट सहयोग र साथ दिएकी छिन त्यसैले त उनी पनि सेफ सरोज कामको शिलशिला जुन जुन देश पुगे प्राय सबै देशमा पुग्ने मौका पाएकी छिन ।


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगालको पछिल्लो चुनावी परिणामले Bharatiya Janata Party (भाजपा) सत्तातर्फ उन्मुख देखिएसँगै दार्जिलिङ–कालिम्पोङ क्षेत्रको गोर्खा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा…

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

प्रतिकृयाहरू
...