Saturday 21st March 2026

राप्रपाका वरिष्ठ नेता सुनीलबहादुर थापाद्वारा राप्रपा परित्याग


तितोपाटी – राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री सुनीलबहादुर थापाले शनिबार पार्टी परित्याग गरेका छन् । पार्टीमा गणतन्त्रको पक्षमा वकालत गर्दै आएका थापाले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई शनिबार राजीनामापत्र बुझाएका हुन् । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

उनीसँगै राप्रपाका केन्द्र र जिल्लाका ३१ जना नेताले पार्टी परित्याग गरेका हुन् । संघीयता र गणतन्त्रको पक्षपाती रहँदै आएका थापा राप्रपाले लिएको राजतन्त्र र संघीयताविरोधी लाइनप्रति असन्तुष्ट थिए । थापा राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य थिए । थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले पार्टीबाट राजीनामा दिएका छन् ।

उनीसँगै राप्रपाको धनकुटा जिल्ला, नगर तथा गाउँ इकाइ समितिका सबै सदस्यले राप्रपा परित्याग गरेका छन् । यसैगरी पार्टी छाड्नेहरूमा वीरेन्द्रलाल कर्ण, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रूपनारायण यादव, भिखारीलाल यादव,महेन्द्र बस्नेत, गोपी ठकुरी, डोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे, ध्रुव थापा छन् ।

पार्टीमा गणतन्त्रात्मक धार अंगालेका थापाले सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा पर्दा पार्टी दिशाहिन बन्‍न पुगेको आरोप लगाएका छन् । थापाले भनेका छन्, ‘पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनपश्चात् पार्टीले सबल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखापरेको छ । जसका कारण पार्टी दिशाहीन बनेको छ ।’

एकातिर पार्टी नेतृत्व गणतान्त्रिक व्यवस्था स्वीकार गरेर सरकारहरूमा सहभागी हुने, संविधान उत्कृष्ट भएको प्रचारप्रसारमा सामेल भएको छ भने अर्कातिर आमसहमतिको राजसंस्थासहितको प्रजातन्त्रको अति अमूर्त र असम्भव एजेन्डालाई पनि छोड्न नसकेको उनको आरोप छ । राप्रपाको द्वैध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले शर्मनाक पराजय भोग्नुपरेको पनि थापाले आरोप लगाएका छन् ।

यसै बिच नेता थापा कांग्रेस प्रवेश गर्ने चर्चा पनि चलिरहेको छ ।
थापाले राप्रपाका अध्यक्षत्रयलाइ बुझाएको राजीनामा पत्र जस्ताको तस्तैः

 

 

 


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...