Monday 16th March 2026

दोस्रो विहेको ‘ट्राजेडी’ : सात दिनमा पक्राउ, १९ दिनपछि कोरोना ‘पोजिटिभ’


ललितपुरमा बहुविवाहको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका एक वृद्धमा कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोमा रहेका ६७ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको वृत्तका प्रमुख मित्रबन्धु शर्माले जानकारी दिए।शर्माका अनुसार असार २१ गते पक्राउ परे लगत्तै उनको पीसीआर परीक्षण भएको थियो। पक्राउ परेको १९ दिनपछि मात्र पीसीआर रिपोर्ट आएको शर्माले बताए।

‘पक्राउ परे लगत्तै पीसीआर परीक्षणका लागि नमूना दिएको थियो। लगातार फलोअप गर्दा पनि रिपोर्ट आएन’, डीएसपी शर्माले भने, ‘१९ दिनपछि बल्ल रिपोर्ट आयो। त्यो पनि पोजिटिभ।’महालक्ष्मी नगरपालिका–८ लुभुका ६७ वर्षीय र उनकी कान्छी श्रीमती ४२ वर्षीया असार २१ गते पक्राउ परेका हुन्। स्थायी घर गोरखा भएका पुरुषाकी जेठी श्रीमतीले बहुविवाहको उजूरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।विवाह गरेको साता दिन नबित्दै उनीहरु प्रहरी खोरमा पुगेका हुन्। सातदोबाटोमा ठाउँ खाली नभएका कारण वृद्धकी श्रीमतीलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा राखिएको छ।

वृद्धलाई भने प्रहरीले सावधानी पूर्वक फरक थुनुवा कक्षमा राखेको शर्माले बताए। श्रीमानको कोरोना रिपोर्ट पोजिटिभ आए पनि श्रीमतीको नेगेटिभ आएको छ। शर्माका अनुसार वृद्धको स्वास्थ्य ठिकठाक छ। उनलाई कुनै लक्षणसमेत देखिएको छैन।अहिले उनलाई पाटन अस्पतालको आइसोलेसनमा लाने तयारी भइरहेको छ। उनीसँग नजिक सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आइसकेकाले डराइहाल्नु पर्ने अवस्था नरहेको शर्माको भनाइ छ।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...