Saturday 21st March 2026

प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै ७ जनाको मृत्यु


तितोपाटी – प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत सडक बनाउन खटिएका कामदारहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ। दु्र्घटनामा मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, उमेर नखुलेका गोर्बधन बुढा मगर र ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका निवासी २५ वर्षीय कमल कुँवर रहेको जानकारी जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

त्यस्तै सो ट्याक्टरमा सवार रोल्पाकै विशाल थापाले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ रुमालेस्थित भिंगृ–स्वर्गद्धारी सडकखण्डमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर झन्डै ५०० मिटर तल खसेको थियो।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...