Saturday 17th January 2026

म्याग्दीका बिभिन्न ठाउँमा पहिरो खस्दा ३२ जना बेपत्ता


म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरी, मालिका र मंगला गाउँपालिकामा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ ।

धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए ।

धाैलागिरीकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर आएकाे छ,त्यहाँका जनप्रतिनिधिबाट । मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेकाे खबर आएकाे छ,’ डिएसपी कुँवरले भने, ‘मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेकाे खबर आएकाे छ ।’

ठाउँ-ठाउँमा पहिराे खसेर बाटाे छेकेका कारण उद्दारमा जानसमेत अबराेध भएकाे उनले जानकारी दिए । उनकाअनुसार दरबाङ र सिमचाैर भन्ने ठाउँमा एउटा टाेली राेकिएकाे छ । बागलुङबाट बिपत् ब्यवस्थापन टाेली, सशत्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेका छन् तर पहिराे छिचाेल्न समस्या परेकाे छ ।

गाडी जान सक्ने अवस्था छैन । पहिराेकाे बीचमा फसेका अरू सिंगा ताताेपानीबाट २ जनालाई उद्दार गरिएकाे उनले जानकारी दिए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...